स्टार्टअप फेस्ट लागि आवेदन माग ४ लाख राशी, यसरी दिनुहोस् आवेदन

जीविको २०८० असोज ३० गते १०:०८

काठमाडौँ — नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।

मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदनको माग गरेको हो । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारी गरेको छ । एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो । यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ ।

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेस्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित पनि गरिएको छ । ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो । बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी ट्रेडिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोचका बारेमा प्रस्तुतीकरण समेत गरेका छन् ।

एनवाईईएफले विजेताको रूपमा पहिलो, दोस्रो र तेस्रो गरी तीन ओटा कम्पनीलाई अवार्ड प्रदान गर्नेछ । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । अवार्डका लागि दर्ता फारम सोमवारदेखि खुलाइएको हो ।

दर्ता फारम एनवाईईएफ स्टार्टअप अवार्ड डटकममा गएर अथवा यहाँ क्लिक गरेर यसका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *