१२ पासदेखि मास्टर्स गरेका सम्मलाई रोजगारीको अवसर

जीविको २०८० फागुन १३ गते २१:४०

कृषि विकास बैंकले १ सय १२ जना र नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारीको माग गरेको छ ।

कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म १ सय १२ जना कर्मचारीको माग गरेको छ। माग भएका पदमा २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि रहेका छन् । त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।

चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सकिने छ । १२ कक्षा पासदेखि स्नातकोत्तरसम्मकाले पद अनुसार आवेदन बुझाउन सक्नेछन् भने दरखास्त शुल्क पनि पदअनुसार नै निर्धारण गरिएको छ।

माग भएका पद, आवश्यक योग्यता र आवेदन प्रकृयाका लागि हेर्नुहोस् सूचना:

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । उपनिर्देशकदेखि सहायकसम्मका विभिन्न पदका लागि ९८ जना कर्मचारीको माग भएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने छन् ।

माग भएका पद, आवश्यक योग्यता र आवेदन प्रकृयाका लागि हेर्नुहोस् सूचना:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *