रोजगारीको अवसर: १२९ जना माग, १० पासलाई पनि अवसर (आवेदन प्रकृया)

जीविको २०८१ वैशाख १० गते ९:२१

नेपाल टेलिकममा १ सय २९ कर्मचारीको माग भएको छ । उप-प्रबन्धकदेखि विभिन्न सहायक पदका लागि आवेदन खुलाएकोमा टेलिकम टेक्निसियन र जुनियर टेक्निसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई./ एस.एल.सी. वा सो सरह उत्तीर्ण गरेकाले पनि आवेदन बुझाउन सक्नेछन् । आवेदन बुझाउने अन्तिम मिति २०८१ वैशाख २७ गतेसम्म रहेको छ ।

महत्वपूर्ण जानकारीहरू:

उमेरको हद : दरखास्त दिने अन्तिम मिति सम्ममा सहायक स्तरको पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तह ६ देखि तह ७ सम्मको अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र तह ९ को अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । साथै सबै पदका लागि महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

परीक्षाको किसिम : लिखित, अन्तर्वार्ता (प्राविधिक सेवातर्फ तह ४ र तह ३ का लागि प्रयोगात्मक परीक्षा हुनेछ) ।

परीक्षा दस्तुर बुझाउने प्रक्रिया : Online दरखास्त फाराम Submit गरे पश्चात् Payment Option मा गई कम्पनीले तोकेका अनलाइन भुक्तानी सेवा प्रदायकहरू मध्ये कुनै एक छनोट गरी भुक्तानी गर्न सकिनेछ वा कम्पनीका महसुल काउन्टरहरूबाट भुक्तानी गर्न चाहने आवेदकहरूले Token No. उल्लिखित Slip सहित ढिलोमा दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सोपछि कार्यालय खुलेको पहिलो दिन) महसुल काउन्टर खुल्ने समयभित्र कम्पनीका महसुल काउन्टरहरूमा गई तोकिएको परीक्षा दस्तुर / दोब्बर दस्तुर भुक्तानी गर्न सक्नेछन् । अनलाइन भुक्तानी सेवा प्रदायकहरूको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिनेछ ।

दरखास्त भर्ने अन्तिम मिति : २०८१/०१/२७ सम्म र दोब्बर दस्तुर तिरी २०८१/०२/०३ सम्म ।

लिखित परीक्षा सञ्चालन हुने मिति, समय र केन्द्र : उपरोक्त विज्ञापनहरूको लिखित परीक्षाको मिति, समय र परीक्षा केन्द्र लोक सेवा आयोगबाट तोकिए बमोजिम हुनेछ ।

काम गर्नुपर्ने कार्यालयहरू : कम्पनीका विभिन्न निर्देशनालय, विभाग तथा काठमाडौं उपत्यका बाहिरका कार्यालयहरू ।

दरखास्त भर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरू : कम्पनीको वेबसाइटमा गई “अनलाइन मार्फत आवेदन फाराम दर्ता गर्ने सम्बन्धी कार्यविधि, २०८१” प्राप्त गरी सोही बमोजिम फाराम भर्न सकिनेछ ।

पुनश्च: Online मार्फत फाराम भर्दा कुनै समस्या भएमा कम्पनीको सम्पर्क टेलिफोन नं. ०१४२१०४१४, ०१४२१०४१५, ०१४२१०४६२, ०१४२१०४१६ का साथै email : [email protected] मा सम्पर्क गर्न सकिन्छ ।

माग भएका पद, आवश्यक न्यूनतम योग्यता, परीक्षा दस्तुर लगायतका जानकारीका लागि तलको सूचना हेर्नुहोस् :

यस्तै अन्य रोजगारीका अवसरहरू र आवेदन दिने तरिका थाहा पाउन जीविको मिडियासँग जोडिनुहोस् ।
जीविको मिडिया: फेसबुक
जीविको मिडिया: युट्युब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *