रोजगारी खोज्दै हुनुहुन्छ ? ठूलो सङ्ख्यामा कर्मचारीको माग

जीविको २०८० फागुन ६ गते २१:१३

क्लासिक टेकमा ३ सय जना, शिक्षक सेवामा ७ सय ७८ जना र जनक शिक्षामा १ सय ३६ जना कर्मचारीको माग भएको छ । पद अनुसार मापदण्ड तोकिएको छ जसमध्ये १२ कक्षा पास गरेकाले पनि अप्लाई गर्न मिल्नेछ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३ सय जना कर्मचारीको माग गरेको छ । जसमध्ये ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज र २ सय भन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिका साथै प्राविधिक विभाग, फाइबर विभाग रहेका छन् ।

कर्मचारीहरूलाई पारिश्रमिकसँगै इन्धन, सामाजिक सुरक्षा कोष, सियुजीसिम कार्ड लगायतका सेवा सुविधाहरू उपलब्ध गराउने बताएको छ। आवेदन बुझाउनका लागि [email protected] मा आफ्नो व्यत्तिगत विवरण (Curriculum Vitae) बुझाउनुपर्ने हुन्छ । थप जानकारीका लागि कम्पनीको वेबसाईट हेर्नुहोस् ।

क्लासिक टेकले माग्यो ३०० कर्मचारी

त्यस्तै, शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ७ सय ७८ शिक्षकका लागि खुला तथा समावेशी प्रतियोगिता परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले नेपाली विषयमा ११७, अंग्रेजीमा १७६ र गणित विषयका लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।

त्यस्तैगरी विज्ञान विषयका लागि १६३, सामाजिक विषयका लागि १२२, गणित विषयका लागि ६५, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि ११ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ । चैत १ गतेसम्म अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुरमा चैत ८ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

हेर्नुहोस् सूचना:

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उप निर्देशकदेखि बरिष्ठ सहायक प्राविधिक पदका लागि आवेदन माग गरेको छ । १ सय ३६ जना माग भएकोमा आन्तरिक तथा खुला परीक्षाबाट कर्मचारीको स्थायी पदपूर्ति हुनेछ । बरिष्ठ सहायक पदका लागि १२ कक्षा पास गरेकाले आवेदन दिन मिल्ने सूचनामा उल्लेख छ । आवेदन फाराम केन्द्रको वेबसाइटबाट डाउनलोड गरी प्रिन्ट गरेर सम्पूर्ण विवरण भरी यसको केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुरमा बुझाउनु पर्ने हुन्छ । हेर्नुहोस् सूचना

रोजगारीका अवसरहरू बारेमा थाहा पाउनका लागि जीविको मिडियालाई फेसबूकमा फलो गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *