कोरिया रोजगारी (EPS) तयारी गर्दै हुनुहुन्छ ? विज्ञको सुझाव

जीविको २०८० चैत २८ गते २१:०३

“प्लस टु (कक्षा ११ र १२) पढ्ने पैसाले पासपोर्ट बनाउने र कोरिया भाषाको तयारी गर्ने” कुरा एक युवाले जीविकोलाई बताएका थिए । मास्टर्ससम्म गरेका युवाहरू पनि उत्तिकै रुपमा कोरिया रोजगारीका लागि मेहेनत गरेका हुन्छन् । यसबाट प्रस्ट हुन्छ रोजगारीका लागि नेपाली युवाको आकर्षक गन्तव्य हो – दक्षिण कोरिया ।

लाखौं नेपाली युवाहरूले हरेक वर्ष दक्षिण कोरिया रोजगारीका लागि आवेदन दिने गर्दछन् ।  यस वर्ष नेपालबाट १५ हजार ९ सय युवालाई लैजाने दक्षिण कोरियाले योजना बनाएको थियो जसका लागि १० गुणाभन्दा बढिले भाषा परीक्षाका लागि आवेदन बुझाएका थिए । यो प्रणालीअन्तर्गत नेपालबाट सन् २००८ बाट दुई पक्षका सरकारसँग सम्झौता भएर कामदार लैजान सुरु भएको थियो जसलाई ईपीएस अर्थात् दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली भनिन्छ । सरकारी तथ्यांक अनुसार ४० हजार भन्दा बढी नेपाली दक्षिण कोरियामा काम गरिरहेका छन्।

यसै सन्दर्भमा, कोरियन रोजगारीका लागि कसरी पूर्व तयारी गर्ने, त्यहाँका अवसर तथा सम्भावनाका बारेमा जीविकोले कोरियन भाषा तथा संस्कृतिका  प्रशिक्षक विदुरराज उप्रेतीसँग कुराकानी गरेको छ । हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *