नयाँ वर्षमा बालेन योजना: २ हजार ८१ जनालाई सीपमुलक तालिम

जीविको २०८१ वैशाख ३ गते २१:३०

बेरोजगार युवाहरूलाई सीप सिकाएर रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित काठमाडौं महानगरले “सीप मेला -२०८१” सञ्चालन गर्दैछ।

नयाँ वर्ष २०८१ को अवसरमा बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट सुरु हुनेगरि २०८१ जना बेरोजगार युवाहरूलाई सीप सिकाउने र उनीहरूलाई रोजगार/स्वरोजगार बनाउने उद्देश्य काठमाडौं महानगरको रहेको छ ।

आवेदन बुझाउनका लागि हेर्नुहोस् भिडियो

काठमाडौं महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरू, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र फुटपाथ/सडक/ठेलामा ब्यापार व्यवसाय गरेका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सीप मेला सञ्चालन गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । २०८१ बैशाख १५ भित्र अनलाइनबाट आवेदन दिन सकिन्छ भने तालिम तथा कार्यक्रमको थप जानकारीको लागि महानगरको कल सेन्टरको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न पनि सकिन्छ ।

आवेदन बुझाउनका लागि लिंक: LINK

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *