८ वटा सीपमूलक तालिम, १ सय ५० भन्दा बढीलाई अवसर (आवेदन प्रकृया)

जीविको २०८० फागुन १५ गते १०:५५

उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँले ८ वटा विभिन्न विषयमा सीप सिक्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ । उद्यम गर्न तत्पर बेरोजगार युवाहरू, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू, आर्थिकरूपले विपन्न, सीमान्तीकृतहरू यस तालिमको लक्षित वर्गका रुपमा राखिएको छ।

इलेक्ट्रिकल वायरिङ्ग, सिलाई कटाइ एडभान्स, कपाल काट्ने अर्थात बार्बर, मोबाइल मर्मत, कफी बारीस्टा, फेसन डिजाइनिङ, वेभ डिजाइनिङ एन्ड डेभलपमेन्ट र डिजिटल मार्केटिङ तालिमका लागि आगामी फागुन २९ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिन्छ ।

पेश गर्नुपर्ने कागजातहरू:
१. नेपाली नागरिकताको प्रतिलिपि / पहिचान पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यताको प्रमाणपत्र
३. तालिम पश्चातको व्यवसायिक योजना (संक्षिप्त बढीमा २ पेज)
४. सहकारी मार्फत गर्न चाहने भए सहभागी संख्या खुलाएको पत्र वडा कार्यालयको सिफारिस
५. स्थानीय तहमा दर्ता भएका समूहले तालिम लिने भए वडा कार्यालयको सिफारिस

आवेदन फाराम कार्यालयबाट प्राप्त गर्न सकिन्छ भने अनलाईन LINK  बाट पनि भर्न सकिन्छ । (संलग्न QR code) मा तोकिए बमोजिम आवेदन पेश गर्नु पर्ने हुन्छ। तल सूचनामा QR code राखिएको छ ।

छनौट भएका प्रशिक्षार्थीहरूलाई दैनिक हाजिरीका आधारमा खाजा खर्च प्रति व्यक्ति प्रति दिन रु १००/- र यातायात खर्च वापत एकमुष्ठ जम्मा रु ५००।- कार्यालयले उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *