क्रान्ति होस् त यस्तो!

धर्मराज रिमाल २०८० माघ २६ गते २२:१९

“त्यो बाजा छोइस् भने घरभित्र छिर्न पाउँदिनस्” बुबाले चोर औंला तेर्साउँदै यसो भनेको अहिले पनि ताजै छ कमलालाई । आँगनमा झमझम बाजा बजाउँदै थिए, एक हुल जमातले ।

बाजा बजाउनेहरू थिए- कथित् तल्लोजात, अनि बाजामा रम्नेहरू थिए – कथित् उपल्लो जात ।

त्यसबेला बाजाको तालमा नाच्न पाइन्थ्यो तर छुन भने सख्त मनाही थियो । अझ, त्यसलाई ‘तल्लोजात’ भनेर अपहेलित गरिएका मान्छेले बाहेक अरूले बजाउने त कल्पनासम्म गर्नु पनि समाजको बर्खिलाप थियो । हिजो छुनसम्म पनि बन्देज लगाइएको बाजालाई आज कमलाले ढोग्ने गर्छिन् । त्यही बाजा अहिले कमलाको जीविको चल्ने माध्यम बनेको छ । आज जे दिएको छ सबथोक बाजाले दिएको छ ।

यही बाजाले कमलाजस्ता बिसौँ जना महिलाको खल्ती बलियो बनेको छ, घरमा चुल्हो बलेको छ । जसलाई बाजा छुनु पनि हुँदैन भनिन्थ्यो, अहिले
तिनैले त्यही बाजा ढोग्ने गर्छन् ।

त्यही परिवर्तनको कथा आज जीविकोमा हेर्नुहोस् । क्रान्तिको कथा: चेतनाको क्रान्ति, आर्थिक क्रान्ति

…………….

सृजनशील महिला नौमती बाजा, थानकोट
सम्पर्क: ९८५११४३०३१ / ९८४१६८३४२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *