निःशुल्क सीप सिक्ने अवसर: १० फरक तालिम, २ सय बढीलाई अवसर

जीविको २०८० पुष २६ गते २१:३२

निःशुल्क खाने बस्ने सुविधा सहित किचन हेल्पर, डकर्मी, वेल्डर, इन्डस्ट्रियल इलेक्ट्रीसियन, स्काफोल्डीङ्ग (फलामको पाइपको खट बनाउने काम), प्लम्बर, हाउस किपिंग / क्लिनर, गार्मेन्ट मेशिन अपरेटर जस्ता सीपमूलक तालिम सिक्नका लागि आवेदन खुलेको छ ।

तालिम सम्बन्धी जानकारीमूलक भिडियो

वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई लक्षित गरेर  सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत यस्तो आवेदन माग भएको हो ।

सामीका अनुसार माघ महिनामा सञ्चालन गर्ने सीपमूलक तालिममा ६० जना महिला र १५६ जना पुरुष गरेर २१६ जना छनौट गरिनेछ। महिला र पुरुषका लागि छुट्टाछुट्टै तालिमको व्यवस्था गरिएको छ।

तालिम काठमाडौँलगायत बिर्तामोड, बुटवल र पोखरामा सञ्चालन हुनेछन्।

तलको जानकारीमा पुरुषका लागि छुट्टाइएको तालिम र महिलाका लागि छुट्याइएको तालिम प्रष्टसँग उल्लेख गरिएको छ।  जस अन्तर्गत पुरुषका लागि किचन हेल्पर, डकर्मी, वेल्डर, इन्डस्ट्रियल इलेक्ट्रीसियन, स्काफोल्डीङ्ग (फलामको पाइपको खट बनाउने काम), प्लम्बर रहेका छन् भने महिलाका लागि हाउस किपिंग / क्लिनर, गार्मेन्ट मेशिन अपरेटर रहेको छ ।

आवेदन दिनका लागि तल उल्लेखित सिपमूलक तालिमको विषय, तालिम सुरु हुने मिति, सहभागी सङ्ख्या, तालिम हुने स्थान र सबैभन्दा महत्त्वपूर्ण कुरा प्रशिक्षार्थी छनोटका मापदण्ड बारेमा  प्रष्ट हुनुहोस्।

फाराम / आवेदन दिनका लागि लिंक: https://forms.gle/6TxZGMzd1w1VDK8h7  मा विवरण भरि पठाउनु पर्ने हुन्छ।

तालिमबारे अन्य जानकारीका लागि सम्पर्क नं. ९८४०२४८०३४ (सोमबार देखि शुक्रबार, बिहान ९ बजेबाट ५ बजेसम्म ) फोन गरेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *