खानेपानी संस्थानमा रोजगारी, साधरण लेखपढ गर्न सक्नेले आवेदन दिन मिल्ने

जीविको २०८० पुष ६ गते १२:१३

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा ६१ जना कर्मचारी माग गरेको छ। संस्थानले करार सेवा पदपूर्तीका लागि आवेदन खुलाएको हो ।

संस्थानले जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर ल्याब ब्वाइ यस्तै, लाइट ड्राइभर, हेल्पर जस्ता पदहरुका लागि दरखास्त आह्वान गरिएको छ। 

प्लमबर, असिस्टेन्ट पम्प, ल्याब बोइ पदका लागि ८ कक्षा उत्तीर्णले आवेदन दिन सक्नेछन् भने अन्य पदका लागि साधरण लेखपढ गर्न सक्नेले आवेदन दिन सक्नेछन् ।  हेल्परको हकमा भने  ५ कक्षा पास भएको हुनुपर्नेछ। 

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरुले आवेदन दिन सक्ने संस्थानको प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

आवेदन माग ४ गतेसम्म दिन सकिनेछ । दरखास्त फारम खानेपानी संस्थानको बेवसाइट www.nwsc.gov.np बाट डाउनलोड गरि भर्न सकिनेछ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *