१२ पासदेखि मास्टर्स गरेका सम्मलाई रोजगारीको अवसर

जीविको २०८० पुष १० गते ९:१५

यदी तपाईं १२ कक्षा उत्तीर्ण हुनुहुन्छ भने नेपाल राष्ट्र बैङ्कको प्रशासन तर्फ सहायक द्वितीयमा आवेदन दिन सक्नुहुन्छ ।  सहायक निर्देशकका केही पदमा ब्याचलर उत्तीर्ण साथै केही पदहरुमा चाहिँ मास्टर्स उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नुहुनेछ । 

यसरी राष्ट्र बैङ्कले नौ पदमा गरि ६७ जनाको दरखास्त मागेको हो । 

सहायक निर्देशक पदहरुका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाहरुले आवेदन दिन पाउनेछन् भने सहायक पदहरुका लागि १६ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन्  । 

आवेदन अनलाइनमार्फत नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np को CAREER भित्र गई Online Portal for Open Competition वा https://jobs.nrb.org.np/  बाट पेश गर्नुपर्नेछ ।

पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

सूचनाका लागि : यहाँ थिच्नुहोस् 

सामाजिक सुरक्षा कोषले पनि १२ कक्षा उत्तीर्ण देखी मास्टर्स उत्तीर्णसम्मका ५१ जना कर्मचारीको दरखास्त खुलाएको छ । सहायक पदहरुका लागि १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने अधिकृत स्तरका पदहरुमा आवेदन दिनका लागि स्नातकतह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

त्यस्तै उपनिर्देशक पदका लागि न्यूनतम योग्यता मास्टर्स तोकिएको छ । सहायक निर्देशक पदहरुमा केहीमा स्नातक र केहीमा स्नातकोत्तर तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । 

आवेदकहरुको परीक्षा लोकसेवा आयोगले लिनेछ । आवेदन अनलाइन माध्यमबाट पुस २६ गतेसम्म दिन सकिनेछ । 

आवेदन  कोषको बेवसाइट ssf.gov.np को vacancy.sst.gov.np बाट Online दरखास्त फाराम भर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *