बुझ्नुहोस्: ‘नेपालीलाई अब जर्मनीमा रोजगारी’ बारे तथ्य

जीविको २०८० असोज २४ गते २३:०२

अब नेपाली श्रमिकहरुले रोजगारीका लागि युरोप राष्ट्र जर्मनी पनि जान पाउने भएका छन् ।

हेर्नुहोस् भिडियो: जर्मनीमा अब वर्किङ भिसामा जान पाइने ।

सरकारले असोज २२ गते जर्मन सरकारसँग श्रम सम्झौता गरेसँगै जर्मनी जाने बाटो खुलेको हो । दुईपक्षीय समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।

जर्मनीले अहिले कुन–कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर नतोके पनि निर्माण क्षेत्र, फ्याक्ट्री लगायत क्षेत्रमा श्रमिकहरु लैजाने प्रारम्भिक कुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब नेपालले जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउने छ। जर्मनीले एक वर्षसम्म नेपालबाट गएका प्रशिक्षार्थी श्रमिकहरूलाई व्यावसायिक तालिम प्रदान गर्नेछ र सो तालिमपछि सम्बन्धित क्षेत्रमा नेपालीले रोजगारी पाउनेछन् ।

जर्मनीसँग भएको सम्झौताअनुसार नेपाली श्रमिक निःशुल्क जान पाउनेछन् । तालिम अवधिमा पनि निश्चित पारिश्रमिक दिइन्छ, कति दिने भनेर नतोकिएको मन्त्रालयले बताएको छ ।

सचेत हुनुहोस् !

युरोपका देश जानका लागि नेपालीले पन्ध्रदेखि बिसौँ लाख रुपैयाँ दलाललाई बुझाउने गरेका छन् । नेपालीहरू भिजिट भिसा, अवैध बाटो हुँदै पनि  युरोप पुग्ने गरेका छन् । युरोप रोजगारीका नाममा कयौँ युवाहरू ठगीमा पनि पर्ने गरेका छन्।

हालै भएको समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु पर्दैन तर नेपाली कामदारहरू कति लैजाने, कहिलेबाट भर्ना प्रकृया सुरु गर्ने, कामदार छनोट कसरी गर्ने जस्ता विषयमा श्रम मन्त्रालयले अबका दिनमा प्रकृयागत रुपमा काम गर्ने छ । जर्मनीले अहिले कुन-कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर तोकिसकेको छैन।

यसै विषयलाई भ्रम फैलाउने र ठग्ने नियतका साथ केही व्यक्ति तथा गिरोहले जर्मनीमा नेपाली कामदार पठाउने भन्दै यस अगाडि पनि सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित गरेका थिए । तसर्थ, जर्मनीमा नेपालीलाई रोजगारीका सम्बन्धमा थप जानकारी आगामी दिनमा श्रम मन्त्रालयले नै दिने छ ।

यसअघि भर्खेरै नेपाल सरकार र रोमानिया सरकार बीच पनि नेपाली श्रमिक लैजाने गरि दुइपक्षीय श्रम सम्झौता भएको थियो । रोजगारीका हिसाबले खाडी भन्दा उपयुक्त गन्तब्य मानिने यूरोपमा मासिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कामदारहरु बताउँछन्।

प्रतिक्रिया

One thought on “बुझ्नुहोस्: ‘नेपालीलाई अब जर्मनीमा रोजगारी’ बारे तथ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *