म विदेश जानैपर्छ

हिमाली पाण्डे २०८० वैशाख २५ गते ९:४९

होइन, म विदेश त जानैपर्छ
म विदेश नगए नेताहरूको खल्ती, अनि बैंक ब्यालेन्स कसले भर्छ?
म विदेश जानै पर्छ
मेरो परिवारको कोही सदस्य सिटामोल नपाएर मृत्युको चपेटामा परे पनि
मैले नै पठाएको रेमिट्यान्सले सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गराएर भए पनि नेता त बचाउनु पर्‍यो नि
जनताका छोराछोरीले जस्तो शिक्षा पाएपनि हुन्छ
देशभित्रका शिक्षालय जस्तो बनाए पनि हुन्छ
तर आफ्नो नातागोताको व्यक्तिलाई विदेशमा पठाई गरिबको पैसा पचाउन पठाउनु पनि त पर्‍यो नि

त्यसैले म विदेश जानैपर्छ ।

मेरो श्रम लुटी मलाई नै किन्ने बनाउनु छ
चुनावमा मात्र भएपनि मलाई पनि चिन्ने बनाउनु छ
हत्तेरी, म कस्तो के, के भनेँ
यो चुनावमा मात्र भएपनि मेरो पछि हिन्ने बनाउनु छ

यसैले त म विदेश जानैपर्छ हैन,
म खाडी जाने टिकट किन्न, पैसा बनाउन भारत जानुपर्छ
खै मेरो लागी न संविधान, न संघीयता न त कुनै ऐन नै छ,
नेपालमा त झोले बनेर भ्रष्टाचारीले भनेको मान्नुपर्छ
त्यसैले त म विदेश जानैपर्छ

हैन हैन.. म नजाने विदेश !
यस्ता आमाको कोखमा लात हान्न खोज्ने भ्रष्टाचारी घुसखोरीहरु भित्रको भूतलाई कप्लक्क खानुपर्छ
अनि मेरी आमा र सबै सन्तानहरूको मुहारमा मुस्कान फैलाउनुपर्छ

यस्ता कुसंस्कारी, भ्रष्टाचारीको जालो फाल्नुपर्छ
कालो करतुत गर्नेलाई फाल्नुपर्छ

त्यसैले म विदेश हैन, स्वदेशमै बस्नुपर्छ !

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि..
मेरो देश, मेरो कर्णाली

कालिकोट, कर्णालीकी हिमाली
मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ल (तेस्रो सेमेस्टर) मा अध्ययनरत छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *