वैदेशिक रोजगारमा गएकाको सन्ततिलाई छात्रवृत्तिको अवसर

जीविको २०८० मंसिर ६ गते १३:४७

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, पूर्ण रूपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका सन्तानलाई ‘वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रम’का लागि आवेदन खुलेको छ ।वैदेशिक रोजगार वोर्डबाट कल्याणकारी आर्थिक सहायता लिएका परिवारका वालबालिकाले मात्र यस छात्रवृत्तिका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

आवेदन दिने विद्यार्थी पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । यसका लागि आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन सकिन्छ । सम्बन्धित विद्यालयले आवश्यक कागजातसहित सम्बन्धित पालिकामा सिफारिस गर्ने छ ।

आवेदन दिने विद्यार्थीले वैदेशिक रोजगारीका क्रममा अशक्त भएका श्रमिकको पूर्ण रूपमा अशक्त भएको खुल्ने कागजात, विद्यार्थी जन्मदर्ताको प्रतिलिपि, निवेदक, संरक्षक र श्रमिकबीचको नाता प्रमाणको प्रतिलिपि, सम्बिन्धित स्थानीय तहको सिफारिस, संरक्षक वा विद्यार्थीको बैङ्क खाताको प्रतिलिपी आवश्यक पर्छ । साथै मृत्यु भएका श्रमिकका हकमा मृत्युदर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

वोर्डले छात्रवृत्तिस्वरुप आधारभूत तहका विद्यार्थीका लागि वार्षिक १२ हजार प्रदान गर्नेछ भने माध्यमिक तहकाको हकमा १६ हजार छात्रवृत्ति प्रदानगर्नेछ ।

आवेदन आगामी पुष ८ गतेसम्म दिन सकिनेछ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *