कोरियाले माग्यो १५ हजार बढी नेपाली कामदार (आवेदन प्रकृया सहित)

जीविको २०८० मंसिर १९ गते २१:३७

दक्षिण कोरियाले ईपीएस भाषा परीक्षामार्फत् उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८ सय ४८ कामदारको आवेदन मागेको छ । 

आवेदन आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ । परीक्षा आवेदन फारम अनलाइक्न मार्फत https://eoers.epsnepal.gov.xn--np-spf8d/ मा गइ अनलाइनबाट फारम भर्न सकिने छ ।

आवदेकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेजको रंगिन स्क्यान गरेको jpg इमेज फाइल अपलोड गर्नुपर्नेछ।

परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने बताइएको छ । १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ। भाषा परीक्षामा उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *