७ प्रश्नउत्तरमा थाह पाउनुहोस् रोमानिया रोजगारीबारे महत्वपूर्ण जानकारी 

जीविको २०८० पुष १६ गते २२:१३

नेपाल सरकार र रोमानिया सरकारबीच गत असोज २० गते दुईपक्षिय श्रम सम्झौता भएको छ । सम्झौतासँगै अब अन्य मुलुक झैँ रोमानियामा पनि नेपाली कामदार जान पाउने भएका छन् । यसै क्रममा रोमानिया सरकारले सन् २०२४ का लागि भनेर २० हजार नेपाली श्रमिकका लागि भिसा स्वीकृत गरेको छ । पूर्वी युरोपेली देश रोमानिया युरोपको सेन्जेन देश भने होइन । अर्थात् यो देशमा गएका आप्रवासी कामदार वा विद्यार्थीले यहाँको स्थायी बसोबासको अनुमति भने पाउँदैनन् । रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ ।

रोमानिया गएर काम गर्ने सोच बनाएका नेपालीहरूमा दुविधा नहोस् भनेर रोमानिया रोजगारीका बारेमा विभिन्न ७ तत्थ्य प्रस्तुत गर्दैछौँ ।

कहिलेदेखि जान पाइन्छ रोमानिया ?

नेपालबाट ठ्याक्कै यहि मितिबाट रोमानिया लैजान सुरुवात गर्ने भन्ने टुंगो लागेको छैन । मेनवार तथा विभिन्न एजेन्सी मार्फत् रोमानिया लैजाने काम सञ्चालन हुने हुँदा यसको लागि रोमानिया लैजाने मेनपावरहरु तोक्ने, राजदूतावासको सुरुवात गरि रात्यसबाट आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्ने वातावरण मिलाउने जस्ता प्रक्रियामा काम भइरहेको मन्त्रालयले जनाएको छ । 

रोमानिया सरकारले सन् २०२४ का लागि नेपाली कामदार मागेको हुँदा त्यहि समयलाई रोडम्याप बनाइ प्रक्रियाहरु सञ्चालन भइरहेको छ । 

कस्ता व्यक्तिहरु जान पाउँछन् ?

रोमानिया सरकार र नेपाल सरकारबीच दोहोरो श्रम सम्झौता भएपनि कस्ता व्यक्तिहरु जान पाउँछन् भन्ने टुंगो लागिसकेको छैन । 

कति सङ्ख्यामा नेपाली कामदार  जान पाउनेछन् ?

पहिलो चरणमा नेपालबाट २० हजार कामदार लैजाने गरि रोमानिया सरकारले भिसा स्वीकृत गरेको छ । तर, चरणगत रुपमा यो सङ्ख्या बढ्दै जाने नेपाल सरकार र रोमनियन सरकारबीच भएको समझदारीमा उल्लेख गरिएको छ ।

रोमानियामा तलब सुविधा कति हुन्छ ?

रोमानियाले आफ्नो नागरिकका लागि न्यूनतम ज्याला ६ सय डलर निर्धारण गरेको छ । नेपालीले भने मासिक ५ सय ५० डलर मात्र पाउने गरेका छन् । 

कसरी आवेदन दिने ?

रोमानिया जानका लागि स्थायी मिसन होस् वा भिसा सेन्टर यहाँ खोलेर त्यसलाई सहजीकरण गर्न नेपाल सरकार लागि परेको छ । हालसम्मलाई रोमानिया जानका लागि भारत धाउनुपर्ने बाध्यता भएपनी अब चाहिँ नेपालमै वैदेशिक रोजगार कार्यलयको मध्यस्ततामा विभिन्न मेनपावर वा सरकारी निकाय आफैँ मार्फत् रोमानिया जाने प्रावधान सुरुवात हुने भएको छ ।

कस्ता क्षेत्रमा काम गर्न जान पाइन्छ ?

विशेषगरि सुरक्षा गार्ड, सवारी चालक, सेफ, गार्मेन्टदेखि घरेलु श्रमिक तथा कृषि र औद्योगिक क्षेत्रमा दक्ष र उच्च दक्ष रोजगारीका अवसर छन् ।

लागत कति लाग्छ ?

नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुका लागि भनेर नेपाल सरकारले अस्थायी मिशन सुरुवात गरेको छ । नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भिसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन सरकारले अपिल गरेको छ । यद्यपि रकम भने हालसम्म तोकिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *