स्थानीय तहले आयआर्जन र सीप विकासमा काम गर्न सकेमा मानव बेचबिखन न्यूनीकरण हुन्छ : सुनिता दनुवार (भिडियो)
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष

जीविको २०७८ मंसिर २४ गते १७:२९

मानव बेचबिखनबाट प्रभावितहरुले स्थापना गरेको मानव बेचबिखन विरुद्धको संस्था शक्ति समुह तथा सुनिता फाउन्डेसन कि संस्थापक सुनिता दनुवार १४ वर्षको उमेरमा भारतको मुम्बईमा बेचिएर ६ महिनामा उद्धार भएकी थिइन् । आफूले पाएको पुनर्जीवन बेचबिखन प्रभावित महिलाको उद्दार र सशक्तिकरणका लागि समर्पित गरेकी सुनिता विगत २५ वर्षदेखि यस क्षेत्रमा निरन्तर कृयाशिल छिन् । 

सुनिताको पहलमा ३ हजार भन्दा बढी बेचबिखन प्रभावित महिलालाई उद्दार गरी सीपमूलक तालिम र रोजगारी प्रदान गर्दै समाजमा सम्मानजनक पुनर्स्थापना गर्ने काम भइसकेको छ । सन् २०१८ मा अमेरिकी सरकारले ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सुनितालाई सम्मान गरेको थियो । सुनिता सी टेन अवार्ड प्राप्त गर्ने पहिलो नेपाली पनि हुन् । सन् १९४७ मा फ्रान्सेली अधिकारीहरुले मानव अधिकारको सम्मान र अधिकार स्थापना गराउन मानव अधिकार राष्ट्रिय परामर्श आयोगको स्थापना गराएका थिए । प्रत्येक वर्ष यस आयोगले विश्वभरबाट मानव अधिकारको क्षेत्रमा कार्य गर्ने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्ने गर्दछ । सुनिता अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ६ वर्ष अगाडि ताइवानमा एसिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डबाट सम्मानित भएकी थिइन् । अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले सन् २०१९ मा विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको थियो । सुनिताको आत्मकथा ‘आँसुको शक्ति’ पनि प्रकाशित छ ।

सुनितासँग मानव बेचबिखनको बर्तमान स्वरुप, महिला हिंसा तथा यस प्रकारका घटनाबाट प्रभावितहरुको जीविकोपार्जनको विषयमा जीविको डटकमले गरेको भिडियो संवाद :

तस्विर तथा भिडियो: सुप्रिम बिष्ट/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *