कृषि, पर्यटन अनि सूचना प्रविधिका उद्यमीहरूलाई अवसर (भिडियो)

जीविको २०८० साउन २६ गते १४:४८

पछिल्ला वर्षहरूमा नेपालमा स्वरोजगार बन्ने, केही उद्यम व्यवसाय गर्ने भन्नेहरूको जमात ठूलो छ । कोही कृषिमा, कोही पर्यटनमा त कोही सर्भिस बिजनेशमा आफ्नो भविष्य खोजिरहेका छन् । तर, उद्यम व्यवसाय सुरुवात गरेता पनि अधिकांशलाई उद्यम विस्तार गर्न, बजारसम्मको सहज पहुँच बनाउन अनि निर्यातमुखी व्यापार बनाउन अफ्ठ्यारो पर्ने गर्दछ ।

यही बीच उद्यम,  गरिरहेका २ सय बढि उद्यमीलाई उद्यम विस्तारका निम्ति सहयोग पुर्याउने उदेश्यले clock B बिजनेश इनोभेसन्सले यूएसएडको सहयोगमा  B- ज्ञान एक्सेलरेटे कार्यक्रम सुरुवात गर्दै छ । यस कार्यक्रम विभिन्न चरणमा ३ वर्षसम्म सञ्चालन हुनेछ ।

यसै सन्दर्भमा जीविकोले b-ज्ञान एक्सेलेरेटर कार्यक्रम के हो? यसले उद्यम व्यवसायहरूलाई कसरी सहयोग गर्छ? भन्नेजस्ता विषयमा clock B बिजनेश इनोभेसनकी प्रतिष्ठा पौडेलसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

b-ज्ञान एक्सेलेरेटर कार्यक्रमले कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने २ सय वटा साना तथा मझौला व्यवसायिहरूको लागि भनेर अवसर लिएर आएको छ । त्यो अवसर व्यवसाय विकास तालिमदेखि व्यवसाय विकास योजनाको रुपमा त्यो अवसर लिन सक्नुहुनेछ । यो कार्यक्रम clock B बिजनेश इनोभेसन्सद्वारा सञ्चालन भइरहेको छ र यसलाई यूएसएड ले सहयोग गरेको छ ।

हामीबाट सहयोग लिने यी दुईसय उद्यमीहरूको ३ वटा योग्यता पुगेको हुनुपर्नेछ । जसमा पहिलो सर्त नेपालमा नै कम्पनी रजिष्टर भएको कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको हुनुपर्छ । दोस्रोमा यो सहयोग लिने उद्यमहरूमा कम्तीमा ११ जना र बढीमा २ सय ४९ जना कर्मचारी हुनुपर्नेछ । त्यस्तै यसरी सहयोग लिन खोज्ने उद्यम, व्यवसाय काहिँ कतैबाट निर्यात बजारसँग जोडिएको हुनुपर्नेछ वा आफ्नि उत्पादन निर्यातका लागि केही सुरुवात गरेको हुनुपर्नेछ ।

यदि तपाईंलाई व्यापार विकास योजना बनाउनुपर्छ, आफ्नो व्यापार व्यवसायलाई बढाउनका लागि यो क्षेत्रमा काम गरेका विज्ञहरूको मार्गदर्शन आवश्यक पर्छ भन्ने लाग्छ भने यो कार्यक्रम तपाईंका लागि फलदायी हुन सक्छ । यस कार्यक्रमका लागि तपाईंले कुनै शुल्क तिर्ने पर्ने छैन । सम्पूर्ण व्यवस्थापन b-ज्ञान एक्सेलेरेटर कार्यक्रम अन्तर्गत नै हुनेछ । 

हामीले २ सयवटा फरक उद्यमसँग ३ वर्ष जोडिएर काम गर्दा ती उद्यम व्यवसायमा भएका कमि कमजोरीको पहिचान गर्न उद्यममा के नयाँ कुरा थप्न सकिन्छ भन्ने कुरा सुरुवातमा पहिचान गरिन्छ । त्यसपछि पहिचान भएका कमि कमजोरीलाई सुधार्न के के काम गर्न सकिन्छ भनेर हामी व्यवसाय विकास परियोजना बनाउन सहयोग गर्छौँ ।

यसरी हामीसँग जोडिएर ३ वर्षसम्म सल्लाह, सुझाव र सहयोग लिने उद्यमीहरूका लागि हामी एउटा अनलाइन प्याल्टफर्म पनि बनाउँछौँ जसको माध्यमबाट निर्यात व्यापारबारे जानकारी र आफ्नो व्यवसाय विकासका लागि विज्ञहरूमार्फत् परामर्श पाउनुहुनेछ ।

यदि तपाईंहरू पनि साना तथा मझौला उद्यम व्यवसाय गर्दै हुनुहुन्छ भने हामीसँग जोडिएर अवसरको सदुपयोग गर्न सक्नुहुन्छ । यो कार्यक्रममा सहभागि हुन चाहने उद्यम व्यवसायले यसरी अनलाइनबाट आवेदन दिन सक्नुहुन्छ, 

….

थप जानकारीको लागि सम्पर्क गर्नुहोस – 

📱 +९७७-९८५१२१३४०३ | ९७६१७६७८०५ | ९७६१७६७८४८

 ☎ +९७७-०१-४५२६२६७८

📧 [email protected]

🌏 http://clockb.com/

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *