अमेरिका मोह: महँगो सपनाले दुर्घटना निम्त्याउन सक्छ !

जीविको २०८० असार १३ गते १४:२९

छोरोले जसरी पनि अमेरिका जाने भनेर जिद्दी गरेपछि घोराही – दाङका कमल केसीले एजेण्टसँग कुराकानी गरे । एजेण्टले १५ लाखसम्म खर्चिने हो भने अवैध रूपमा अमेरिका पुर्‍याइदिने अफर गर्‍यो । छोरोको सपनाका लागि भन्दै बाबु कमलले एजेण्टलाई भनेजति रकम बुझाए तर अहिले अवैध रूपमा अमेरिका जान लागेका उनका छोरा अजरबैजानमा पक्राउ परेका छन् । कमलका छोरा सहित २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले अवैध रूपमा अमेरिका छिर्न लागेको भन्दै नियन्त्रणमा लिएको छ ।

बाबु कमल अहिले छोरो छुटाउनका लागि काठमाडौंमा विभिन्न मन्त्रालय र सरकारी विभागहरू धाइरहेका छन् । पैसा बुझाएको एजेण्ट अहिले सम्पर्कविहीन छ ।

अवैध रूपमा अमेरिका जान लागेको छोरो अजरबैजानमा पक्राउ परेपछि उद्दारको पहल गर्न काठमाडौं आएका बाबु कमल केसी ।

जसरी पनि अमेरिका जाने छोराको सपना पूरा गर्न खोज्दा आफू अहिले आर्थिक र कानूनीरूपमा फसेको र मानसिक समस्यामा परेको भन्दै विदेशको मोहले निम्त्याउन सक्ने तनावका बारेमा सचेत हुन युवाहरूलाई आग्रह गरेका छन् ।

कमल भन्छन्, “अमेरिकाको सपना महँगो भयो, महँगो सपनाले दुर्घटना निम्त्याउन सक्छ तसर्थ बेलैमा सचेत बनौँ”

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *