ब्याचलर गरेकालाई अवसर, यस्तो छ आवेदन प्रकृया

जीविको २०८० मंसिर २५ गते २३:०६

यदि तपाईं स्नातक अर्थात् ब्याचलर लेभलमा अध्ययनरत हुनुहुन्छ वा ब्याचलर तहको पढाई सकाएर अवसरको खोजी गर्दै हुनुहुन्छ भने तपाईँका लागि
यी ३ वटा अवसरहरू उपयोगी हुनसक्छ ।

पहिलो अवसर
नेपाल युवा संस्था संजाल (AYON) ले अमेरिकी दूतावाससँगको सहकार्यमा ३ जना युवालाई काठमाडौंमा अवस्थित अमेरिकी दूतावासमा ६ महिनाका लागि तालिम, सीप विकाससँगै व्यवहारिक कार्यअनुभवका लागि अवसर प्रदान गर्दै छ । ‘प्रोजेक्ट भविष्य’ नामक यस कार्यक्रममा छनोट भएका व्यक्तिले मासिक ५० हजार ८७० रुपैयाँ पनि पाउनेछन् । आवेदन दिने समयावधि डिसेम्बर १५, २०२३ अर्थात् मङ्सिर २९ सम्म रहेको छ । तल दिइएको जानकारीमूलक पोस्टर हेरेर आवेदन प्रकृयाका सम्पूर्ण कुरा थाहा पाउन सक्नुहुन्छ ।

दोस्रो अवसर
संयुक्त राष्ट्रसंघ, नेपालले सीमान्तकृत तथा अवसरबाट बञ्चित नेपाली युवाहरूलाई लक्षित गर्दै ११ महिने ट्रेनिशिप कार्यक्रम सञ्चालन गर्दै छ । व्यवहारिक अनुभवसँगै ट्रेनिशिप अवधिभर निश्चित रकम पनि पाइने यस कार्यक्रमलाई ‘फुल टाइम अन द जब ट्रेनिङ’ भनिन्छ । मधेशी, जनजाति, दलित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहलाई यस कार्यक्रममा आवेदन बुझाउन आव्हान गरिएको छ ।

तल दिइएको लिंक गएर यस बारेमा पूर्ण जानकारी थाहा पाउनुहोस् र आवेदन बुझाउनुहोस् । आवेदन दिने समयावधि डिसेम्बर ३१, २०२३ अर्थात् पौष १५ सम्म रहेको छ ।

आवेदन बुझाउने लिंक

तेस्रो अवसर
यूएनडीपी नेपालले नै स्तरीय फोटो खिच्ने, लेआउट डिजाइन गर्न सक्ने, भाषा सम्पादन गर्ने, भिडियो खिच्ने तथा कथा बनाउन जान्ने व्यक्तिलाई यूएनडीपी नेपालको रोस्टरमा जोडिन आव्हान गरेको छ ।

आवश्यकताअनुसार यूएनडीपी नेपालले रोस्टरमा भएका व्यक्तिलाई अवसर दिने छ । तल दिइएको लिंक गएर यस बारेमा पूर्ण जानकारी थाहा पाउनुहोस् र आवेदन बुझाउनुहोस् । आवेदन दिने समयावधि १४, २०२३ अर्थात् मङ्सिर २८ सम्म रहेको छ ।

आवेदन बुझाउने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *