सबथोक भएर पनि किन रित्तिँदै छ यो देश ?

धर्मराज रिमाल २०८० असोज २ गते २२:३३

छ न लाई त देश छ, सरकार छ, संविधान छ
नीति कार्यक्रम छ, सपना छ आश्वासन पनि छ

सबथोक भएर पनि किन रित्तिँदै छ यो देश ?
पाउनुसम्म पाएर पनि के गुमाउँदै छ यो देश ?

कति बडेमानको छ तिम्रो व्यवस्था
देख्दैन हाम्रो अवस्था
कति ठूला छन् तिम्रा लेखन्दास
लेख्दैन हाम्रो आवश्यकता
कति उँचो छ तिम्रो शिर
छिर्दैन हाम्रो झुपडीमा
कति रुखो छ तिम्रो मन
पिर्दैन हाम्रो पीडामा

म लडेर ल्याएको व्यवस्था बचाउन
आफू भोकै भएपनि तिमीलाई अघाउन
मेरा वृद्ध बा-आमाको आँशुलाई जमानी राखेर
रगत पसिनासँग खाडीको पैसा साटेर
छिट्टै फर्किन्छु भनी जहान परिवारलाई ढाँटेर
तिम्रो सुखी र समृद्ध देश बनाउन परदेशिदैँ छु

परिवर्तन जसका लागि थियो
उसकै लागि भारी भयो..
मुलुक व्यवस्था बदलेर पारी पुग्यो
तिमी र हामी भने वारी नै रह्यौँ..

हेर्नुहोस् भिडियो: सबथोक भएर पनि किन रित्तिँदै छ यो देश ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *