ड्रग्ससँग हारेका सुयाषलाई उद्यमले दियो नयाँ जीवन (भिडियो कथा)

प्रतिक ढकाल २०८० भदौ २९ गते १०:२९

२ दशक अगाडिसम्म  जीवन धेरै लामो छैन, बाँच्न पनि मन छैन, घर छाडेर कतै टाढा भागौँ झैँ लाग्थ्यो काठमाडौंका सुयाष राजभण्डारीलाई । काठमाडौंमा मध्यम परिवारमा जन्मेका सुयाषको परिवारमा बुवा सरकारी नोकरी गर्थे । घर व्यवहार सुयाषकी आमाले चलाउँथिन् । औसतमा परिवार खुसी थियो । जब सुयाष किशोर अवस्थामा पुगे काठमाडौंमा त्यससमय मौलाएको ड्रग्स संस्कृतिले उनलाई पनि छोयो । उनी ड्रग्सको लतमा फसे । 

किशोर अवस्थामा पुग्दा नपुग्दै चुरोट, गाँजा हुँदै कडा लागूपदार्थ सेवन गर्न थालेका सुयाषको दैनिकी नै बनेको थियो ड्रग्स । 

आफ्नो जीवनको ८ वर्ष जति ड्रगसँगै रमाएका सुयाषलाई लाग्थ्यो जीवन भनेकै ड्रग्स हो । थाह नै नपाई उनले सबथोक गुमाउँदै गए बुबाको सपना डुब्दै गयो, पढाइ रोकियो शरीर ओइलाउँदै गयो अनि उर्जा सकिँदै गयो । तर समय बितेसँगै अहिले उनको जीवनको नयाँ अध्याय सुरुवात भएको छ । अहिले बसन्तपुरमा  नमस्ते कफी नामबाट कफीसप चलाउँछन् । स्कुले जीवनमा संगीतसँग खुबै  लगाव थियो सुयाषको । तर बिस्तार बिस्तार चासो ड्रग्स तर्फ ढल्कदै गएको सुयाष सुनाउँछन् । उपत्यका भित्र भर्खर भर्खर मौलाएको ड्रग्स संस्कृतिसँग उनी पनि भिज्दै गए । उनी ड्रग्समा लिँदै गए सांगीतिक करियर टाढिँदै गयो ।

“पढाई रोकियो, संगीत रोकियो, सपना रोकिए केही बाँकी नै रहेन,” सुयाषले सम्झिए । 

 तर, उनको ड्रग्स जीवनले एकवखत परिवारनै बिछिप्त भएको उनी सम्झन्छन् । 

उनी भन्छन्, “अहिले सम्झँदा त पश्चताप लाग्छ तर अगाडि बढ्नुपर्छ भने विगतलाई पाठ सिकाउने पुस्तक बनाइ अगाडि बढेको छु ।”

अहिले समय फेरीयो उनले ड्रग्सलाई त्यागिदिए अनि नयाँ बाटोमा लागे । 

“ड्रग्स छाड्न सहज थिएन तर दृढ इच्छाशक्तिले मलाई अलग बाटोमा डोहोर्यायो,” सुयाष भन्छन् । ड्रग्सलाई माया मारेका उनी अहिले आफूले पूरा गर्न नसकेको रहर – सङ्गीतलाई कन्सर्ट अनि कार्यक्रमहरू आयोजना गरि पुर्याउँछन् । 

 क्याफेमा कफी बेच्छन् आम्दानी गर्छन् अनि नयाँ पुस्तालाई ड्रग्सको लतमा लाग्न नदिन अभियन्ता भएर हिँड्छन् ।

हेर्नुहोस् भिडियो: ड्रग्ससँग हारेका सुयाषलाई उद्यमले दियो नयाँ जीवन

प्रतिक्रिया

One thought on “ड्रग्ससँग हारेका सुयाषलाई उद्यमले दियो नयाँ जीवन (भिडियो कथा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *