नेपालमा गाँजा प्रतिबन्ध होइन प्रवर्द्धन गर्नुपर्छ : भीम उपाध्याय (भिडियो संवाद)

जीविको २०८० जेठ १६ गते ७:११

नेपालमा गाँजाबाट समृद्धिको सम्भावना विषयमा नेपाल सरकारका पूर्वसचिव तथा गाँजालाई वैधानिक गरिनुपर्छ भन्ने अभियानका विचारक भीम उपाध्यायले जीविको संवादमा व्यक्त गरेको धारणा:

भिडियो संवाद: नेपालमा गाँजा प्रतिबन्ध होइन प्रवर्द्धन गर्नुपर्छ

कसैले तपाईंलाई गाँजा खान रोकेको छ ? तस्कर गर्न रोकेको छ ? गाँजा खेती गर्न रोकेको छ ? खेती गर्नु नगर्नुहोस् आफैँ गाँजा उम्रिरहेको छ ।

काठमाडौंमा तपाईंलाई कतिखेर गाँजा चाहिन्छ त्यतिबेला घरमा ल्याइदिने मानिसहरू छन् । यसलाई वैधानिकता दियो भने थाम्नै सकिँदैन भन्ने गर्छन् । अवैधानिक रुपमा गाँजा तस्करी भइरहने तर वैधानिकता दिँदा चाहिँ नथामिने भन्ने पनि हुन्छ र ?

यसरी गाँजा खेतीलाई वैधानिकता दिँदा थाम्न सकिँदैन भन्नेहरू भनेको एकदमै हरुवा, नकरात्मक चिन्तन भएका मानिसहरूको सोचाइ हो ।  

जीविको संवादमा नेपाल सरकारका पूर्वसचिव तथा गाँजालाई वैधानिक गरिनुपर्छ भन्ने अभियानका विचारक भीम उपाध्याय, फोटो: पुष्कल श्रेष्ठ/ जीविको

वैधानिकताले समस्या ल्याउँछ भन्नु नै आफैँमा नियोजित कुरा हो । यसलाई वैधानिकता दिए युवाहरू गाँजा खाएर हिँड्छन् बौलाएर हिँड्छन् भनेर जसजसले भन्छ उनीहरू गाँजाको उपयोगिताको बारेमा बुझ्दै नबुझी यस किसिमका कुराहरू गरिरहेका हुन्छन् । यस कुरामा आवाज उठाउनेहरू एनजिओ, आइएनजिओ, भूपू प्रहरी अधिकारीहरू, अहिले पनि पदमा बसेर काम गर्ने प्रहरी अधिकारी, प्राध्यापक बुद्धिजीवीहरू पर्छन् । उनीहरू गाँजाको वैज्ञानिकतालाई नबुझी ४ दशकदेखि हिँडिरहेका छन् । उनीहरूलाई यसरी गाँजाको विरुद्धमा बोल्नका लागि फन्डेड गरिएको हुन्छ ।

नेपाललाई आधारभूत रूपमा जीवन्त राख्न सक्ने एउटा मात्र स्रोतको रूपमा म गाँजालाई चिन्छु । गाँजाको फाइदा बहुआयामिक क्षेत्रमा हुन्छ । पर्यटनबाट सीमित एउटा क्षेत्रमा फाइदा पुग्ला तर गाँजाको क्याफे भनेर ७ सय ५३ वटै स्थानीय तहमा खोलिदिनुभयो भने सबैको आकर्षणको केन्द्र त्यो ठाउँ बन्न सक्छ ।

अरू विश्वका विकसित देशलाई विकास गर्नका लागि अनेकौँ उपायहरू छन्, विज्ञान प्रविधी छन् । तर नेपालमा स्रोत साधन सीमित छन् तीमध्ये पनि गाँजा नेपालको कुना कन्दरामा जहाँसुकै उम्रन्छ । अन्य बाली यसरी सहजै सबैतिर पाइँदैन ।

गाँजाको दानाबाट तेल बन्छ खानुहोस्, जहाँ ओमेगा ३ ओमेगा ६ पाइन्छ । त्यही गाँजाको दानालाई पिस्यो भने पीठो बन्छ जसलाई रोटीको रूपमा खान सकियो जो अत्याधिक पौष्टिक पनि हुन्छ । नेपालको अर्थतन्त्रमा धेरै विकल्प नभएकोले गाँजाले उद्योग, खाद्यान्न कुनै पनि बस्तु अनि औषधि बनाउन सक्ने हुन्छ  त्यसैले गाँजा नै अर्थतन्त्र सुधार गर्ने विकल्प हो।

जीविको संवादमा नेपाल सरकारका पूर्वसचिव तथा गाँजालाई वैधानिक गरिनुपर्छ भन्ने अभियानका विचारक भीम उपाध्याय, फोटो: पुष्कल श्रेष्ठ/ जीविको

नेपाल पर्यटकीय मुलुक हो जहाँ पर्यटकहरू रिल्याक्स गर्नका लागि भनेर आउँछन् । गाँजाले पर्यटकहरूलाई झुमाएर राख्छ ।

नेपाललाई चिनाउने दुई चिज छन् एउटा गोर्खा सैनिक दोस्रो गाँजा । हामीले इतिहास हेर्यौँ भने पनि १९७० को दशक तीर विश्वभरबाट पर्यटकहरू नेपाल आउने गर्थे । त्यतिबेला पश्चिमा मुलुकले गाँजालाई अवैधानिक गरेका थिए नेपालमा खुला थियो त्यसैले नेपालमा यस्तो राम्रो चिज पाइन्छ भन्ने सोचाइले हिप्पी टुरिस्टहरू नेपाल आउने गर्थे । त्यही समय नेपालको पर्यटन विश्वमा विस्तार भएको हो । 

गाँजाबाट सानो तारदेखि रकेट, गाडी अनि ब्याट्रीसम्म बन्छ गाँजाबाट बनेको ब्याट्री अहिले घडी मोबाइलमा प्रयोग हुने लिथियम ब्याट्री भन्दा ८ गुणासम्म शक्तिशाली हुन्छ । आर्थिक, औषधीय र मनोरञ्जनात्मक तिनै विषय गाँजाको बोटबाट पाउन सकिन्छ ।

नेपाल कृषि प्रधान देश भएकाले गाँजा खेती गर्न नेपाललाई गार्हो पनि छैन । विश्वभरले नेपाललाई गाँजाको रूपमा चिन्छ, युरोपले नेपाललाई चिन्ने भनेकै गाँजाको कारणले गर्दा हो । विश्वमा सर्वाधिक राम्रो गाँजा भनेकै थाइल्याण्ड र नेपालको गाँजालाई भनिन्छ । एउटा उदाहरण पनि हेर्नुहोस् थाइल्याण्डको गाँजा विश्वकै राम्रो गाँजाको रूपमा चिनिएपछि सबैभन्दा पहिला विश्वमा गाँजा प्रतिबन्ध गर्ने देश थाइल्याण्डले सबैभन्दा छिटो गाँजा खेतीलाई वैधानिकता दियो ।

त्यस्तै अमेरिकाको क्यालिफोर्निया प्रान्त पनि सबैभन्दा पहिला अमेरिकामा गाँजा प्रतिबन्ध गर्ने प्रान्त थियो । तर, सबैभन्दा पहिला गाँजालाई वैधानिकता दिने प्रान्त पनि क्यालिफोर्निया नै बन्यो । क्यालिफोर्नियामा त गाँजाको नै एजेण्डालाई लिएर राष्ट्रपतिको चुनावसम्म उठ्ने नागरिकहरू छन् ।

अमेरिकाको संघीय सरकारले गाँजालाई अहिले पनि वैधानिकता दिइसकेको छैन तर, त्यहाँ गाँजा उद्योगको लागि, औषधि उत्पादनका लागि भने खुला गरिएको छ । 

तर, प्रादेशिक हिसाबले हेर्दा अमेरिकाका २३ वटा प्रान्तमा गाँजा खानका लागि खुला गरिएको छ । यो गाँजालाई जुन तत्त्वले अवैधानिक गर्यो त्यही तस्करी जसले व्याण्ड गर्यो उसैले सुरुवात गरे ।

अहिले गाँजा खेतीलाई देशले वैधानिकता नदिएर झन् खर्च बढाएको छ । गाँजा तस्करीको नाम दिएर १०-१२ हजार जना युवाहरूलाई कैदी बनाएको छ उनीहरूलाई खर्च भइरहेको छ । प्रहरीको एउटा ठूलो समूह गाँजालाई फडानी गर्ने काममा सक्रिय छ उनीहरूलाई पाल्नका लागि राज्यको ठूलो रकम खर्च भइरहेको छ ।

जीविको संवादमा नेपाल सरकारका पूर्वसचिव तथा गाँजालाई वैधानिक गरिनुपर्छ भन्ने अभियानका विचारक भीम उपाध्याय, फोटो: पुष्कल श्रेष्ठ/ जीविको

देशको परिवेश यस्तो भइरहँदा देशले नेपालको अर्थतन्त्रको आधार के छ त भनेर पनि हेर्नुपर्यो नि अहिलेको परिवेशमा लाखौँ नेपालीहरू श्रमिकको रूपमा निर्यात गर्ने त्यतिले पनि नपुगेर तस्करी गर्ने अहिले मुख्य अर्थतन्त्रको आधार बनेको छ ।

श्रीलंकाले गाँजाबाट औषधि बनाउँछ चीनले गाँजा प्रतिबन्धित गरेको छ तर चीनको सरकारले गाँजा खेती गर्छ । जापानले पनि गाँजाबाट आम्दानी लिइरहेको छ । नेदरल्याण्ड्समा गाँजा क्याफेमा पाइन्छ । युरोपमा सबैभन्दा बढी पर्यटन पुग्छन् ।

हुनत नेदरल्याण्डस् पनि युरोपियन राष्ट्र हो तर त्यहाँ कहिल्यै पनि गाँजा प्रतिबन्धित गर्नुपरेन मात्र नेपालमा प्रतिबन्धित गर्न लगाइयो ।

उरुग्वेले पनि २०१३-१४ मा गाँजा खुलायो अहिले उसको आम्दानी बढेको छ । २०१८ मा क्यानडाले पनि गाँजा खुलायो त्यहाँ २१ वर्ष नाघेपछि १० ग्रामसम्म गाँजा किनेर खान पाइन्छ ।

अमेरिकामा पनि २३ राज्यमा गाँजा किनेर खान पाइन्छ । ५० वटै प्रान्तमा गाँजा औद्योगिक प्रयोजनका लागि खेती गर्न पाइन्छ अमेरिकाका ३९ राज्यमा गाँजा औषधिको रुपमा प्रयोग गर्न पाइन्छ । थाइल्याण्डमा पोहोर साल गाँजामा लागेको प्रतिबन्ध खुल्यो । यतिसम्म कि भारतको पनि ३ वटा राज्यमा गाँजा खेती गर्न पाइने व्यवस्था छ । पाकिस्तानले ३ वर्ष अगाडि गाँजा खुलायो । अफगानिस्तानले अष्ट्रेलियन कम्पनीलाई गाँजाको टेन्डर दियो ।

मेरो देशको हित, देश कसरी चल्ने भनेर देशले आफ्नो निर्णय गर्न सकेन भने त्यो देश सार्वभौम बन्न सक्दैन ।

नेपाली नागरिकहरू पनि  नेपालमा बसी टिक्न सकिएन भनेर कति देशमा शरणार्थी भएर गएका छन् । किन यस्तो भएको छ नेपालमा ? वनस्पति बेच्न पाइएन मान्छे बेच्न पाइयो त्यहाँसम्म पुग्यौ आज हामी । यदि गाँजामा काम गर्न भने यही पनि कम्पनीहरू खुल्छ, ल्याब खुल्छ, पढाई यहीँ हुन्छ । तालिम दिएर किसानलाई गर्न सके लुगा यहीँ बनाउन सकिन्छ, अरबौँको लुगा हामीले वर्षेनी किनिरहेका छौ , यसमा ५० प्रतिशत गाँजाको फेब्रिक भएको कपडा मात्र लिने भनियो भने हाम्रो कम्पनी चल्दैन ? त्यसैले सबै भन्दा पहिले कानुनी वाधक हटाउनु पर्‍यो । अनि यसको लाइसेन्स लिगल गरिनु पर्‍यो । लाइसेन्समा पनि सबै कामको लागि फरक फरक लाइसेन्स दिनु पर्‍यो । बिउ उत्पादनको लागि छुट्टै लाइसेन्स त्यसले कहाँ कस्तो खाले गाँजाको  बिउ पाइन्छ । नेपालको रैथाने गाँजाहरु के के छन् ?, शायद विश्वमा भएको गाँजा नेपालबाट नै गएका होलान् धेरै जसो । तर अरु खाले बिउ पनि यहाँ ल्याएर छरिएको त छ, हाम्रो नेपालको गाँजाको इतिहास सबै विदेशीलाई थाहा छ । हाम्रो नेपालको गाँजाको सबै इतिहास खोज्न पर्‍यो, नेपालको कुन कुन ठाउँमा कस्ता खाले गाँजा रोप्न सकिन्छ, कुन कुन ठाउँमा कसरी लाइसेन्स दिने त्यो बुझ्नु पर्‍यो, उत्पादन भएको बस्तु कसले किन्ने त्यो टुङ्गो लगाउनु पर्‍यो, कसले के का लागि गाँजा किन्छ त्यो पत्ता लगाउनु पर्‍यो, कसैले लुगा बनाउने होला, कसैले तेल निकाल्ने होला, कसैले टीएससी निकाल्ने  होला  त्यसको त ३ सय कम्पाउण्ड छन् नि त, त्यस पछि त्यसको टेस्टिङ गर्न पर्‍यो,त्यसपछी त्यसको ब्रान्डिङ लेबलिङ  गर्न पर्‍यो । आयात निर्यात गर्न पार्‍यो, औषधी, कपडा, लुगा सबैको लागि गर्नु पार्‍यो, यसको लागि त एउटा मात्र गरेर भएन नि हजारौँ कुरा मिलाउनु पर्‍यो नि, यो त पूर्ण गाँजा सिस्टम हो नि त । यसो गर्नाले के हुन्छ भने जडिबुट्टि प्रकारका ३-४ हजार छन् , त्यसको प्रिन्सिपलमा खेती गर्न सकिने भयो सबै यही हुन्छ टेस्ट, ल्याब देखी त्यसको तत्त्वहरू आयोक्शासन गर्ने यही हुने भयो , त्यो हुँदा हामीले त फिनिसिङ सामान बेच्ने सकिने भयौँ त । यसको लागि विदेशी कम्पनीहरू नेपाल आउने भए उनीहरुलाई पनि लाइसेन्स दिएर ४-५ वर्ष मात्र कारोबार गरियो भने  संसार भयो निर्यात गर्न सकिन्छ त्यो सम्पूर्ण प्रक्रिया कम्पनीले नै मिलाउने छ । सोही कम्पनीले  जुन देशमा वैधानिक छ त्यहाँ पुर्‍याउने भयो । औषधीमा त झन ठूलो बजार बिस्तार हुन्छ।  

परिवर्तन २ वर्षमै हुन्छ । किन भने गाँजाको खेती ४ महिनामै हुन्छ । तपाईं केको लागि खेती गर्दै हुनुहुन्छ त्यो पहिले नै प्रस्ट हुनु पर्‍यो । त्यसको लागि तालिम लिनु पर्‍यो, व्यवसायिक रुपमा खेती गर्न सकियो भने उत्पादन त १ वर्षमै सुरु हुन्छ । तर, पहिले सरकारले यसको कानुन बनाउनु पर्‍यो । सरकार कानुन बनाउँन ढिलो छ । यदि कानुन बनेमा १ जना मनिसले महिनामा २० -२५ हजार सजिलै कमाउन सक्छ । यसले ५ वर्षमा ग्रामीण भेगका कृषकको ५ गुणा आम्दानी बढ्छ । दुर्व्यसनी भयो भने के भने के भन्ने पनि गफगाफ सुनिन्छ तर, दुर्व्यसनीको समाधान अर्कै छ । यसबाट भएको खर्बौँ आम्दानीबाट दुर्व्यसनीको नियन्त्रण सम्बन्धी सचेतना जगाउन सकिन्छ । यसबारे स्कुल, कलेजहरूमा शिक्षा दिन सकिन्छ । अहिलेलाई गाँजा वहसमा गाँजा खाने भन्दा पनि कम्पनीको स्थापना गर्ने बारे कुरा गरिएको छ । अर्को औषधी बनाउने कुरा गरिएको छ । यो भनेको फास्ट क्यासकर्प हो । योभन्दा छिटो कुनै नगदेवाली फस्टाउँदैन । अरू कुनै नगदेवालीले ४ – ५ महिनामा आम्दानी दिँदैन । १ हेक्टर जमिनमा गाँजा लगाउँदा जति फाइदा हुन्छ २५ हेक्टरको जमिनमा रूख लगाउँदा त्यसले त्यत्तिकै बराबरको काठ दिन्छ । 

हामीले गाँजाकै कमाइले पुलिस थप्न सक्छौ, गाँजाकै पैसाले स्कुल कलेज थप्न सक्छौ । नेपालमा क्यान्सरको समस्या धेरै मानिसहरूमा छ । जुन मध्यमवर्गको क्यान्सर, मृगौलाको समस्या छ त्यो नेपालले थाम्न सक्दैन । यसको निःशुल्क उपचार गर्न सक्ने व्यवस्था गर्न सकिन्छ गाँजाको आम्दानीले मात्र ।   

यहाँ विज्ञ जतिपनि छन् पैसा नभएको हो, पैसा गाँजाबाट आउँछ नि त । अरु केहीमा छ पैसा ? अरु केहीबाट नेपालीले पैसा कमाएर खान सक्छ ? मान्छे तस्करी गर्न बाहेक ? 

नेपालको आर्थिक मेरुदण्ड भनेको चाँहि गाँजा हो है भन्ने कुरा स्वीकार्नु पर्दछ। दोस्रो कुरा विज्ञानमा आधारित अर्थतन्त्र हो गाँजा । अली विदेशमा बसेका नेपालीहरू जसले केही वर्षमा पैसा कमाएका हुन्छन् जसले पछि नेपाल फर्केपछिलाई भनेर केही पैसा बँचाएका हुन्छन् जोसँग ज्ञान छ, उनीहरूले यहाँ आएर केही गर्न चाहन्छन् भने उनीहरूले गाँजा खेती गर्न सक्छन् । जो खाडीमा २-४ लाख कमाएर आएका छन् उनीहरूले पनि देश फर्केर के गर्ने भन्दा लगानी गर्न त चुनौती छ । त्यो भन्दा आफूसँग भएको जमिनमा गाँजा खेतीमा लगानी गर्‍यो भने पैसा त नेपालमै आउने भयो । यो सबै हिसाबले गाँजा नेपालको समृद्दि तर्फको एउटा इन्ट्री पोइन्ट हुन्छ । यसको ल्याब, टेस्ट, डिग्री सबै लागि परेपछि यही गाँजाले इन्ट्री पोइन्ट मात्र हुन्छ । यसले अरु किसिमको बाटोहरू खोली दिन्छ । त्यसो भएको कारण गाँजाबाटै अर्थतन्त्र सुधारमा ‍प्रवेश गर्नुपर्छ  ढिला गर्नु हुँदैन । यसको वैधानिक करण गर्ने, वैधानिकता मात्र दिएर पुग्दैन यसको प्रमोशन गर्ने, नीति निर्माण गर्ने सबै गरिसकेपछि नेपालको हरेक गाउँमा कृषि अर्थतन्त्रको पुन प्रगती हुनेछ । खेती गर्नको लागि यसको छुट्टै प्रकृया छ । यसको सञ्चालन कसरी गर्ने भनेर प्रश्न आउन सक्छ । यसलाई जसरी रक्सी चुरोटको बजार सञ्चालन गरिएको छ त्यसरी नै त्यसरी नै गर्ने हो । यो बाहेक नेपालको हकमा कुनै पनि अर्थतन्त्रको क्षेत्रमा म बहस गर्न तयार छु, कसैसँग पनि सम्भावना छैन भन्दिन म सबै एकै पटक गर्नु भनेर केही ठाउँमा सुरु गर्नुस्, सरकारले नै सुरु गरोस् न त डर लाग्छ भने, तर अब रोकेर रोकिदैन । क्यानडा, जर्मनी, माल्टा, नेदरल्यान्ड, भारत, श्रीलङ्का  सबै तिर हेर यि देश पनि त युएनको सदस्य हो । उनीहरूले गर्दा हुने नेपालले नहुने कस्तो हीनताबोध लिएर बाचेँको ?

तसर्थ, नेपालमा अब गाँजा प्रतिबन्ध होइन प्रवर्द्धन गर्नु अपरिहार्य छ ।

हेर्नुहोस्, गाँजाबाट समृद्धिको सम्भावना विषयमा नेपाल सरकारका पूर्वसचिव तथा गाँजालाई वैधानिक गरिनुपर्छ भन्ने अभियानका विचारक भीम उपाध्यायसँगको भिडियो संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *