आईटी र डिजिटल मार्केटिङमा अवसर खोज्दै हुनुहुन्छ ? (भिडियो)

जीविको २०८० वैशाख १४ गते ९:०१

सूचना प्रविधी (Information Technology) र डिजिटल मार्केटिङमा अवसर खोज्दै गरेका विद्यार्थीहरू, फ्रेसरहरूलाई थिङ्क ल्याबले अवसर दिने यसै कम्पनीका चिफ बिजनेश अफिसर मयंक निरौलाले बताएका छन् । जीविकोसँग कुराकानी गर्दै मयंकले यसो भने:

….

जो विद्यार्थी, वा अन्य कोही व्यक्ति डिजिटल मार्केटिङमा चासो राख्नु हुन्छ र  जसलाई यो फिल्डमा आउन मन लाग्छ, कुनै पनि प्रकारको सूचना प्रविधी (Information Technology) का काम गर्न इच्छुक हुनुहुन्छ भने तपाईंको सीभी थिङ्क ल्याबमा पठाउन सक्नुहुन्छ ।

थिङ्क ल्याब भनेको भर्खरै सुरु गरेको कम्पनी हो । तर हाम्रो टिमको साथीहरूसँग यस क्षेत्रको लामो अनुभव रहेको छ । थिङ्क ल्याब मार्केटिङ भनेको चाँहि ३ सय ६० मार्केटिङ हो, हामी विशेषगरि डिजिटल मार्केटिङमा काम गर्छौ । सामाजिक सञ्जाल मार्केटिङ, अनलाइन मार्केटिङ, वेबसाइट डेभ्लपिङ, एप डेभ्लपिङ, एस्इओ, एस्इएम भयो जति पनि हामीले कामहरू गर्छौ, त्यसमा चाँहि जो नयाँ हुनुहुन्छ, जो क्रिएटिभ हुनुहुन्छ उहाँहरूलाई प्राथमिकता दिन्छौ ।   

थिङ्क ल्याब भनेको युवाहरूको कम्पनी हो, यहाँ सबै युवाहरू भएकोले काम गर्ने वातावरण पनि युवामय नै छ । त्यसैले जो डिजिटल मार्केटिङमा, सूचना प्रविधीको क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ उहाँहरूलाई हामी स्वागत गर्दछौँ । त्यस्तै ग्राफिक डिजाइनमा चासो राख्नेले पनि हामीलाई निवेदन पठाउन सक्नुहुनेछ । हामी तपाईंहरुलाई उपयुक्त अवसर दिने छौं ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *