भिडियो: स्टार्टअपले यसरी पाउँछन् ३ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा

जीविको २०७९ चैत १९ गते १४:२९

चैत १६ गते एक सूचना मार्फत् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ । सरकारले नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्रकृया कार्यन्वयनमा अघि बढाउन निवेदन माग गरेको हो  । सूचना प्रकाशित भएको २१ दिनभित्र प्रस्ताव पेश गर्न विभागले स्टार्टअप गरिरहेकाहरूलाई आव्हान गरेको छ ।

हेर्नुहोस् भिडियो: स्टार्टअपले के-कस्ता प्रकृया पुर्‍याएपछि ३ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा पाउँछन् भनेर हामीले उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीलाई सोधेका छौं ।

उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीले स्टार्टअप उद्यम कर्जाका बारेमा दिएको जानकारी संक्षेपमा:

उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारी जीविको संवादमा

स्टार्टअपहरूलाई नै प्रवर्द्धन गर्ने र सहयोग गर्ने उद्देश्यका साथ नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयले नवीन सोच भएका उद्यमहरूलाई आर्थिक सहायता दिने गरि कर्जा कार्यक्रम ल्याएको हो । नवीनतम सोच भएका साना उद्यमहरू, स्टार्टअप गर्नेहरूले यस सहुलियतपूर्ण कर्जा लिनका लागि आफ्नै परियोजनालाई धितोका रुपमा राख्न पाउनेछन् ।

यो स्टार्टअप कर्जाका लागि अन्य सहुलियतपूर्ण कर्जा जस्तै ३ प्रतिशत मात्र ब्याजदर तोकिएको छ । स्टार्ट अप व्यवसायलाई कार्यविधिले विभिन्न बस्तु सेवालाई विकास गर्ने, सञ्चालन गर्ने र उत्पादन गर्ने भनी तोकेको छ ।

आवेदनका लागि विभिन्न ७ वटा शर्तहरू राखिएको छ । जस्तै उद्योग सञ्चालन भएको न्यूनतम ७ वर्ष भएको हुनुपर्ने, उद्योगमा भएको लगानी, नवीनतम सोच भएको हुनुपर्ने, औद्योगिक सम्पत्तिमा त्यस उद्यमको पहुँच के कस्तो छ भन्ने जस्ता विषयहरू शर्तमा समावेश गरिएको छ ।

स्टार्टअपबाट आवेदन आइसकेपछि १ महिना भित्र मूल्याङ्कन गरी छनोट भएकाहरूको सूची नेपाल राष्ट्र बैङ्कलाई मूल्याङ्कन समितिले पठाउने गर्छ । मूल्याङ्कन गर्दा सबैभन्दा बढि अङ्क ल्याउने स्टार्टअपहरूले कर्जा सुविधा पाउने गर्छन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि त्यसको ७ दिनभित्र कर्जा सिफारिस गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।

कर्जा विशेषगरि नेपालकै लागि प्राथमिकताको क्षेत्र, प्रविधि, विज्ञान, सञ्चार जस्ता क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सञ्चालन भएका उद्यमहरूलाई प्रदान गर्ने कार्यविधिको योजना छ ।

आवेदन बैशाख ६ गतेसम्म दिन सकिनेछ । आवेदन दिने प्रक्रिया झन्झटिलो छैन । प्रस्ताव फारम, उद्योग दर्ता गर्दाको प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ताको प्रमाणपत्र र उक्त उद्योगको अधिकारिकता जनाउनका लागि आधिकारिक व्यक्तिको नागरिकताको फोटोकपी आवेदन फारमसँगै समावेश गर्नुपर्ने छ । 

हेर्नुहोस् भिडियो : स्टार्टअपले यसरी पाउँछन् ३ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा

 

प्रतिक्रिया

One thought on “भिडियो: स्टार्टअपले यसरी पाउँछन् ३ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *