‘समिट वुमन अफ द इयर’ को आवेदन बुझाउनका लागि २ दिन थप

जीविको २०७९ फागुन २६ गते १३:१३

उद्यमशीलता तथा व्यवसायको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका ३० वर्षमुनिका नेपाली महिलालाई ‘समिट वुमन अफ द इयर‘ मार्फत सम्मान गरिँदै छ, यसका लागि आयोजकले आवेदन माग गरेको छ । उद्यमशीलताका क्षेत्रमा रहेका परम्परागत सोचहरूलाई भत्काएर आफ्नो समुदायका अरूलाई पनि निष्पक्ष र समानतामा आधारित दिगो अर्थतन्त्र सिर्जना गर्न प्रेरित गरिरहेका महिलाहरूलाई आयोजकले यो सम्मान गर्न लागेको हो । आवेदन बुझाउने अन्तिम मिति यस अगाडि १० मार्च (२६ फागुन, २०७९) सम्म रहेकोमा २ दिन थपेर १२ मार्च (२८ फागुन, २०७९) सम्म बनाइएको छ ।

आवश्यक योग्यता:
आवेदक नेपाली नागरिक हुनुपर्नेछ।
आवेदक ३० वर्षभन्दा कम उमेरको हुनुपर्छ।
आवेदकले गरिरहेको उद्यम व्यवसाय दर्ता भएको र निजको स्वामित्वमा हुनुपर्ने छ ।
व्यवसाय सञ्चालन भएको एक वर्ष पूरा भएको हुनुपर्छ।

आवेदन अनलाइनमार्फत दिन सकिन्छ । आवेदन दिनका लागि Link क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *