इन्टरनेटलाई लत होइन, अवसर बनाऔं : चाइल्ड सेफ नेट-अध्यक्ष, अनिल रघुवंशी
सुरक्षित इन्टरनेट दिवस विशेष

जीविको २०७८ माघ २५ गते १६:००

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालको कुल जनसंख्यामध्ये ९० प्रतिशतभन्दा बढीमा अहिले इन्टरनेटको पहुँच छ । यो संख्यामा  बालबालिका, किशोरकिशोरी र युवाको बाहुल्यता रहेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी बताउँछन् । प्राधिकरणका अनुसार गत वर्षभन्दा १० प्रतिशतले पहुँचमा वृद्धि भएको हो । इन्टरनेट सेवाको तीव्र विस्तार, स्मार्टफोनको उच्च प्रयोग, अनलाइनबाट हुने काम अनि पढाईले गर्दा इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको विज्ञहरू बताउँछन् । 

लकडाउनका बेलामा त झनै बालकदेखि वृद्ध उमेरसम्मकाले इन्टरनेटमा घण्टौंसम्म समय बिताउने गरेका थिए । चाइल्ड सेफ नेटले गरेको अध्ययनलाई हेर्दा २५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले दैनिक १० देखि १५ घण्टासम्मको समय इन्टरनेट प्रयोग गरेर बिताउने गरेको देखिएको छ । यो संख्या पनि किशोरकिशोरी तथा युवाहरूको नै हो ।

एकातर्फ इन्टरनेटले सहज सञ्चार, मनोरञ्जन, व्यापार-व्यवसायको प्रचारप्रसार तथा बिस्तार, खोज तथा अध्ययन जस्ता धेरै कुराहरुमा प्रयोगकर्तालाई सजिलो बनाएको छ भने अर्कोतर्फ इन्टरनेटको उचित प्रयोग गर्न नसक्दा वा नजान्दा ठगीसँगै अनलाइन यौनशोषण र दुर्व्यवहारका घटना पनि बढ्दै गएका छन् । विशेषगरी बालबालिका तथा किशोरी युवतीहरू अनलाइन यौनशोषणको उच्च जोखिममा रहेको विभिन्न अध्ययनहरूले देखाउँछ । इन्टरनेटको प्रयोगमा चेतना बढेन भने यसको सदुपयोग गर्ने भन्दा पनि अपराधिक गतिविधि वृद्धि हुँदै जाने अनिल बताउँछन् ।

यसै सन्दर्भमा इन्टरनेटको सुरक्षित प्रयोग, यसका अवसरहरू र सचेत हुनुपर्ने विषयमा जीविकोले चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँग संवाद गरेको छ । प्रस्तुत छ, इन्टरनेट हाइजिनका विषयमा जानकार अनिलसँगको भिडियो संवाद :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *