निःशुल्क सीपमूलक तालिम सिक्ने अवसर !

जीविको २०७८ पुष २१ गते १८:०२

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटी, ललितपुरले अटोमेकानिक्सदेखि ब्युटिसियन, सिलाई कटाई लगायतका विभिन्न ५ वटा विषयमा ३ महिने निःशुल्क सीपमूलक तालिमहरु सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका अनुसार कक्षा ८ उत्तीर्ण गरेका र १८ पुरा भई ४५ वर्ष ननाघेकाहरुले प्रतिष्ठानको कार्यालय भैँसेपाटी गएर वा यसको वेबसाइट www.training.gov.np बाट अनलाइन आवेदन दिन सक्ने छन् । प्रतिष्ठानले माघ १० गतेसम्म आवेदन बुझाई सक्नु पर्नेछ ।

छनोट भएकाहरुले तालिम अवधिभरको बस्ने र खाने व्यवस्था आफैले गर्नु पर्ने प्रतिष्ठानले  जनाएको छ । तालिम सञ्चालन भएको दिनमा भने आवेदकलाई खाजा खर्च वापत प्रतिव्यक्ति ५० रुपैयाँ प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

एक समूहमा औसत १५ देखि २० जना प्रशिक्षार्थीहरुलाई सहभागी गराइने तर तालिममा छनोट भएपश्चात उपयुक्त कारण बेगर तालिम छोडेमा उनीहरुको अभिलेख राखी भविष्यमा प्रतिष्ठानबाट सञ्चालन हुने कुनै पनि तालिममा सहभागी नगराइने कुरामा आवेदकलाई सचेत गराइएको छ ।

हेर्नुहोस् सूचना

पर्याप्त रोजगारी सिर्जना गर्दै स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्ति तयार गर्ने प्रतिष्ठानको उद्देश्य रहेको बताइएको छ सो अनुरुप सातै प्रदेशमा तालिम केन्द्रहरु विस्तार गर्दै उद्यमशीलता अभिवृद्धिका लागि काम गर्ने प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा जान चाहनेलाई लक्षित गरेर वैदेशिक रोजगार बोर्डले पनि विभिन्न १८ वटा निःशुल्क सीपमूलक तालिम दिँदै आइरहेको छ । प्लम्बिङ, इलेक्ट्रिसियन, स्काफ फोल्डर, हाउस किपिङ, कुक, वेटर, सेक्युरिटी गार्ड, ब्युटिसियन लगायतका तालिम आफूलाई पायक पर्ने स्थानबाट लिन सकिने बोर्डले बताएको छ ।श्रम कल सेन्टरको नं‌‌. १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरेर यसका बारेमा जानकारी पाउन सकिन्छ । यस वर्ष दस हजारलाई तालिम दिने र राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसबी) बाट सीप परीक्षण गर्ने कामलाई बोर्डले आफ्नो महत्वपूर्ण कार्यक्रमका रुपमा राखेको छ ।

विस्तृत जानकारीका लागि व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा सम्पर्क गर्न सकिन्छ । सम्पर्क नम्बर : ०१-५५९०८००, ०१-५५९०८९४, ०१-५५९०२५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *