आँखाको ज्योति गुमे पनि हातमा सीप छदैं छ नी ! (भिडियो)

जीविको २०७८ पुष १६ गते १९:१२

खुशीले जन्मजात आँखाको दृष्टि गुमाइन्, उनको श्रीमान मोहन पनि दृष्टिविहीन नै हुन् । ललितपुरको लुबुमा बस्ने यो जोडीले देख्न नसके पनि बुनाइ र हस्तकलाको सीपमा भने पोख्त छन् । ऊनीको टोपी, मोजा, पंजा, स्विटरसँगै खेर गएका कागजबाट विभिन्न सजावटका सामानहरू बनाउँछन् खुशी र मोहन । यसरी आफ्नो सीपको प्रयोग गर्दै उत्पादन गरेका सामानहरुले बजार नपाउँदा भने उनीहरूको जीविकोपार्जनमा गाह्रो परिरहेको छ ।

आगामी दिनमा उनीहरूले उत्पादन गरेका सामानले सोचे अनुरूप बजार पाएमा अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नै उद्योग खोलेर रोजगारी दिने योजना बनाएका छन् ।

हेर्नुहोस्, दृष्टिविहीन दम्पतीको उद्यमशीलताको कथा (भिडियो)

फोटो/भिडियो: पुष्कल श्रेष्ठ (जीविको)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *