बागमती प्रदेशमा १ सय ५६ जना विद्यालय नर्सको लागि रोजगारीको अवसर

जीविको २०७८ मंसिर २६ गते १८:३६

बागमती प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि प्रदेश सरकारले १ सय ५६ जना विद्यालय नर्स सेवा करारको आवेदन माग गरेको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेका साथै १८ वर्ष उमेर पुरा भइ ४५ वर्ष ननाघेका व्यक्तिले आँउदो पुष ६ गते भित्र दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त फाराम बागमती प्रदेशका जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा र सिधै मन्त्रालयमा गएर बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म बुझाउन सकिने स्वास्थ मन्त्रालयले बताएको छ ।  

निवेदनसँगै न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, नेपाली नागरिकता, अनुभव प्रमाणपत्र, नर्सिङ काउन्सिलमा दर्ता भएको प्रतिलिपिहरू पनि संलग्न गर्नु पर्ने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ । लिखित परिक्षा, अन्तरवार्ता र शैक्षिक योग्यता, स्थानीयता, कार्यअनुभव लगायतका कुरालाई मूल्यांकनको आधार बनाइ नर्स छनौट गर्ने मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा नर्स राखी निःशुल्क औषधिसहितको सम्पूर्ण प्राथामिक उपचार प्रदान गर्ने, स्वस्थ्य जीवनशैली, महिनावारी स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य, पोषण जस्ता विषयमा विद्यार्थीलाई परामर्श दिने जस्ता काम यस कार्यक्रम अन्तर्गत हुने गरेको छ । २०७३ सालमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो । प्रदेश नं १ सरकारले संघीय सरकारको अवधारणलाई पहिलो पटक प्रदेशको सामुदायिक विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको थियो ।

 

आवेदन सम्बन्धी थप जानकारी www.moh.bagamati.gov.np मा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *