नेपाल टेलिकमले खुलायो २७० भन्दा बढीका लागि रोजगारीको अवसर

जीविको २०७८ मंसिर ७ गते १०:५२

नेपाल टेलिकमले उप-प्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । टेलिकमले खुला प्रतिस्पर्धाका आधारमा १ सय ४६ साथै समावेशी तर्फ १ सय २४ मार्फत पदपूर्ति गर्ने जनाएको छ ।  

नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो । लगातार नाफामा रहेको नेपाल टेलिकम नेपालको सबैभन्दा ठूलो निगम समेत हो । 

देशमा रोजगारीका सिमित अवसरका कारण दैनिक हजारौ युवा अवसरको खोजीमा विदेश जाने गर्छन । टेलिकम लगायतका विभिन्न संस्थान, निजी, गैरसरकारी तथा सरकारी निकायमा गरिने पदपूर्तीले युवाहरुलाई स्वदेश मै रोजगारी अवसर खुल्ने गरेकोछ ।

श्रम शक्ति सर्वेक्षण २०१९ अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख युवा रोजगारीको खोजीका लागि नेपाली रोजगार बजारमा आउँछन्, तर उनीहरूमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउने अवस्था छ । सोही तत्थ्यांक अनुसार कुल जनसंख्याको   ११.४ प्रतिशत मानिस बेरोजगार रहेको अनुमान गरिएको छ । 

 

इच्छुक पदमा आवेदकले https://www.ntc.net.np/ वा https://recruit.ntc.net.np/  मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म दिन सकिन्छ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।

टेलिकमको वेबसाइटमार्फत अनलाइन प्रणालीबाट दरखास्त बुझाउन सकिन्छ । अनलाइन आवेदन दिएपछि आवेदकहरूले परीक्षा शुल्क नमस्ते पे , कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *