कोही कसरी १४ घण्टासम्म काममा रमाउन सक्छ ?

जीविको २०८० जेठ २० गते ९:५९

सबेरै बिहान ६ बजे सुशासन ढकाल (२२ वर्ष) बोट बिरुवालाई स्याहार्न नर्सरीमा पुग्छन् । चितवन, रत्ननगर- ०८ मा विगत ५ वर्षदेखि उनको परिवारले बिलिभर्स नर्सरी सञ्चालन गरिरहेको छ । उनी बाबा, मम्मीसँगै दैनिक १२-१४ घण्टा नर्सरीमा फूल, बिरुवालाई मलजल गर्ने, गोडमेल गर्ने गरेर समय बिताउँछन् । परिवार नै मिलेर गरेको नर्सरी व्यवसायले उनीहरूको जीविको व्यवस्थित तरिकाले चलिरहेको छ ।

उनका उमेरका अधिकांश युवाहरू मोबाइल, ल्यापटप, इन्टरनेट अनि साथीभाइसँग चिया गफमा रमाइरहँदा सुशासन भने १४ घण्टासम्म कसरी नर्सरीमा समय बिताउन सक्छन् ? उनी खुशी भावमा भन्छन्, “काममा जति धेरै सकृय हुन सकियो उति धेरै उत्पादनशील भइन्छ । फूल, बिरुवालाई स्याहार्न पाउँदा आनन्द महसुस हुन्छ । मैले हरेक दिन यस्तो काम गर्ने सौभाग्य पाएको छु जसबाट मेरो परिवारलाई सहयोग पनि भइरहेको छ, आम्दानी पनि राम्रो हुन्छ अनि प्रकृति, वातावरण र बिरुवासँग समय बिताउन पाउँदा बेग्लै शान्ति र उर्जा मिल्छ”

१२ कक्षासम्मको पढाई सकाएका सुशासन कृषि पढ्न विदेश जाने तयारी गरिरहेका छन् । उनी भन्छन्, ” पढाई सकाएर केही वर्षपछि स्वदेश नै फर्किने हो अनि नर्सरीलाई अझ राम्रोसँग अगाडि बढाउने हो”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *