मासिक १ खर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिँदै

जीविको २०७९ माघ २४ गते १५:२६

नेपालमा यस वर्ष साउनदेखि पौषसम्म गरेर ६ महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ८५ अर्ब रुपैयाँ २१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाभन्दा यस वर्ष २४.३ प्रतिशतले रेमिट्यान्स रकम बढेको छ । साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा भदौमा ९५ अर्ब, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब हुँदै मङ्सिर र पौषमा बढेर १ खर्ब २ अर्ब र १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ ।

यस वर्ष २ लाख ७५ हजार ६४३ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ४२ हजार ५४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

२०७९ साल साउनदेखि पौषसम्म (६ महिनामा) रेमिट्यान्समार्फत भित्रिएको रकम
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *