बुझ्नुहोस्: वैदेशिक रोजगारीमा हुनेले सेयर (आईपीओ) भर्ने तरिका- भिडियो

जीविको २०७९ पुष ९ गते १२:४०

कुनै पनि संस्थाले आफ्नो प्राथमिक सेयर अर्थात् आइपिओ जारी गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि अनिवार्य १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने नियम बनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था गरेको हो।   

यसरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सेयरका लागि अनलाइन विधि (मेरो सेयर) एपबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा भएकाहरूका लागि छुट्याइएको यस्तो आरक्षण आइपिओ भर्ने आवेदकको सेयर नपेरमा पुनः सर्वसाधारणका लागि सोही कम्पनीले खुला गरेको आइपिओमा पनि आवेदन दिन सक्नेछन् ।

यस्तो छ वैदेशिक रोजगारीमा जानेले आइपिओ भर्न पूरा गर्नुपर्ने प्रक्रिया :  भिडियो लिंक

  • अनिवार्य श्रम स्वीकृति गरेको हुनुपर्ने ।
  • बैङ्कमा अनिवार्य रेमिट्यान्स खाता खोलेको हुनुपर्ने । 
  •  रेमिट्यान्स खातामा भएको बैङ्कमा नै डिम्याट खाता खोलेको हुनुपर्ने । 
  • सोही बैङ्कबाट सिआरएन् नम्बर लिएको हुनुपर्ने 
  • कम्तीमा ५० हजार रुपैयाँ पछिल्लो ६ महिनामा आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने ।
  • माथिका प्रक्रिया सकेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर आइपिओ जारी भएपछि अनलाइन प्रणाली ‘मेरो सेयर’ खुलिसकेपछि डिम्याट खाता नम्बर भएको संस्थाको नाम छनोट गर्ने, ‘युजर’ नाम र ‘पासवर्ड’ राखेर लगिन गर्न सकिन्छ ।
  • त्यसपछि खुलेको पेजमा बायाँतिर रहेको ‘माई आस्वा’ मा क्लिक गर्ने ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको शेयर ‘RESERVED ( FOREIGN EMPLOYMENT)’ भनेर मेरो शेयरमा देखिने छ । 
  • फारममा रेमिट्यान्स खाता रहेको बैंक नाम, बैंक खाता नम्बर, सीएआरएन नम्बर, भर्न चाहेको सेयर संख्या लगायत विवरण भरी ‘सबमिट’ गरेपछि आफ्नो ४ अङ्कको गोप्य नम्बर राखेर कन्फर्म गर्नुपर्छ ।
  • आइपिओ बाँडफाँड हुँदा नपरेमा सर्वसाधारणका लागि पुनः आइपिओ खुल्दा पुनः वैदेशिक रोजगारीमा जानेले अप्लाई गर्न पाउनेछन् । 

पूँजीबजारका विज्ञ, स्वतन्त्र पूँजीबजार संघका केन्द्रीय अध्यक्ष रोहन कार्कीसँग जीविकोले ‘सेयर बजारका बुझ्नै पर्ने कुरा’ मा केन्द्रित भएर कुराकानी गरेको छ । रोहनले भनेका छन्- वैदेशिक रोजगारीमा हुनेले आईपीओ भर्नुपर्छ, यसका बारेमा बुझ्नैपर्छ अनि यसबाट लाभ लिनैपर्छ ।

हेर्नुहोस्, स्वतन्त्र पूँजीबजार संघका केन्द्रीय अध्यक्ष रोहन कार्कीसँग गरिएको भिडियो संवादको पहिलो संक्षिप्‍त भाग

………………….

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि मेरो सेयर खोल्ने, डिम्याट खाता खोल्ने, मेरो सेयर खाता खोल्ने, विप्रेषण खाता खोल्ने काम अहिले अनलाइन प्रविधिबाटै हुने गरेको छ । जसको लागि आफूलाई सहज लाग्ने बैङ्कमा सम्पर्क राखेर अनलाइनबाट नै फारम भर्न पनि सकिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *