कर्णाली प्रदेश सरकारले १५ जना करार कर्मचारी राख्दै, यसरी दिनुहोस् आवेदन फोटो: कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको वेबसाइटबाट

जीविको २०७८ मंसिर १६ गते २०:२८

कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय विरेन्द्र नगर सुर्खेतले विभिन्न पदमा १५ जना करार कर्मचारीको आवेदन माग गरेको छ । जसमा नेपाल इन्जिनियरिङ् सेवा, सिभिल समुह अधिकृत स्तर सातौँ इन्जिनियर ११, नेपाल कृषि सेवा अधिकृत स्तर सातौँ, बाली विकास अधिकृत १ र नेपाल इन्जिनियरिङ सेवा सिभिल इरिगेसन समुह, सहायक ५\६ सव इन्जिनियरमा ३ जनाको माग गरिएको हो ।

नेपाल इन्जिनियरिङ् सेवा, सिभिल समुह अधिकृत स्तर सातौँ इन्जिनियरको लागि सोही विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको, नेपाल कृषि सेवा अधिकृत स्तर सातौँ, बाली विकास अधिकृतको लागि कृषि विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र नेपाल इन्जिनियरिङ सेवा सिभिल इरिगेसन समुह, सहायक ५\६ सव इन्जिनियरको लागि सोही विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरेका नेपाली नागरिकले नि:शुल्क दरखास्त दिन सक्ने छन भने अधिकृतको लागि २१ वर्ष र सहायक स्तर पाँचौ \ छैठौ पदको लागि १८ वर्ष पुरा भएकाले दरखास्त दिन सक्ने छन् । कर्णाली प्रदेश वासीलाई विषेश प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले यही मंसिर ३० गते दिनको २ बजेसम्म सोझै मन्त्रालय गएर अथवा [email protected] मा इमेल गरेर दरखास्त फाराम पेश गर्न सक्नेछन् । दरखास्त फाराम http://moitfe.karnali.gov.np/node/278 बाट पनि डाउनलोड गर्न सकिन्छ । छनोटमा परेकाको अन्तर्वार्ता हुने मिति, समय, र स्थान मन्त्रालयको वेबसाइटमा उल्लेख गरिने छ ।

दरखास्तसँगै पेश गर्नु पर्ने कागजात

  • सम्पूर्ण विवरण भरिएको दरखास्त फाराम ।
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।
  • सम्बन्धित कामको अनुभव भए सो पत्रको प्रतिलिपि ।(कम्तिमा १ वर्षको अनुभवलाई मात्र प्राथमिकता दिने । )
  • कर्णाली प्रदेशमा बसाइँसराइ गरेको भए सो को प्रमाण पत्र प्रतिलिपि ।
  • वैदेशिक शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको हकमा समकक्षता निर्धारणको प्रमाण पत्र प्रतिलिपि ।
  • सम्बन्धित संस्थामा दर्ता हुनु पर्ने पदहरूको हकमा उक्त संस्थामा दर्ता भएको व्यावसायिक प्रमाण पत्रको प्रतिलिपि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *