राष्ट्रिय वाणिज्य बैंकमा आठ सय बढी कर्मचारीको माग

मंसिर ५ सम्म अनलाइन मार्फत फाराम भर्न सकिने

जीविको २०७८ कार्तिक २९ गते १६:४०

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा आठ सय ३५ जना कर्मचारी छनोट गर्दै छ । जसमा २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) लगायत माग गरिएको छ । आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले ०५ मंसिर २०७८ सम्ममा अनलाइन मार्फत मात्र दरखास्त फारम भर्न सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने छ ।
परीक्षा दस्तुर पद अनुसार फरक फरक भुक्तानी गर्नु पर्ने भएको र दस्तुर नगदमा बुझाउने व्यवस्था नभएकोले अनलाइन माध्यम आर बी बी मोबाइल बैङ्किङ ( RBB Mobile banking) , इ-सेवा,खल्ती वा नमस्ते पेबाट बुझाउन सकिन्छ ।
दरखास्त फाराम भर्न आवश्यक पर्ने कागजात
• नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी scan copy (image/jpg/jpeg/png) :
अगाडि/पछाडि दुवै भाग देखिने डिजिटल (Digital ) प्रती
• आफूले दरखास्त दिन चाहेको विज्ञानका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट (Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate) को डिजिटल (Digital) प्रती
• विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरूको हकमा समकक्षता (Equivalence) प्रमाणपत्रको डिजिटल (Digital) प्रती।
• आफू सम्मिलित हुन चाहेको समुहको लागि आवश्यक प्रमाणपत्रको स्क्यान कपी (scan copy)
दरखास्त फाराम भर्न आवश्यक आई डि (ID)
१) आफ्नो आधिकारिक इमेल आई डि (email Id) :
दरखास्त पेश गर्दाको समयमा इमेल मार्फत आफ्नो आवेदन भेरिफाइ (verify) गर्नुपर्ने तथा फाराम पेश भएको जानकारी, दरखास्त दस्तुर भुक्तानी भएको जानकारी तथा फाराम स्वीकृत भए/नभएको लगायतका जानकारी प्राप्त गर्न सकिने र पासवर्ड (password) बिर्सिएमा सो समेत पेश गरेको इमेल (email) बाट रिसेट (reset) गर्न सकिने ।
२) आफ्नो आधिकारिक मोबाइल नम्बर :
हरेक समय आफूसँगै रहने वा आवश्यक परेमा बैंकबाट सम्पर्क गर्न सकिने मोबाइल नम्बर
३) पासपोर्ट साइजको कलर फोटोको स्क्यान कपी (scan copy) (image/jpg/jpeg/png) :
सादा background भएको, दुई कान देखिने फोटो राख्नु पर्ने, यदि फोटो स्क्यान( scan) गर्दा वरिपरि फोटो भन्दा बढी स्पेस ( extra-space) आएको छ भने क्रप (crop) गरी उपयुक्त साइज (size) कायम गर्ने । पुरा आकृति देखिने तथा सेल्फी (selfie) फोटो नराख्ने ।
४) आफ्नो आधिकारिक दस्तखतको स्क्यान कपी (scan copy) (image/jpg/jpeg/png) :
सादा खाली कागजमा कालो मसीको प्रयोग गरी दस्तखत गर्ने र यदि दस्तखत स्क्यान (scan) गर्दा वरिपरि दस्तखत भन्दा बढी स्पेस (space) आएको छ भने क्रप (crop) गरी उपयुक्त साइज (size) कायम गर्ने ।
दरखास्त फारामको लागि User बनाउने तरिका
१) बैंकको वेबसाइट http://recruitment.rbb.com.np मा प्रवेश गरेपछि प्राप्त हुने Screen मा देखिने Window को माथिको दाया भाग (Top Right Corner) को न्यु रजिष्ट्रेसन (New Registration) मा क्लिक गर्नुपर्ने छ।
२) उम्मेदवारले न्यु रजिष्ट्रेसन (New Registration) मा आफ्नो आधिकारीक इमेल आई डि( Email ID) राखी सो मा उल्लेख भएका सम्पूर्ण विवरणहरू भर्नु पर्दछ । यसरी विवरणहरू भरिसकेपछि फारामको अन्त्यमा रहेको रजिष्ट्रेसन बटन मा क्लिक (Click) गर्नुपर्नेछ ।
३) यसरी Register Button मा Click गरेपश्चात् उमेदवारले राखेको Email Address मा प्राप्‍त हुने भेरिफाइ योर इमेल बटन (Verify Your Email Address Button) मा क्लिक( Click) गरी टाइप योर न्यु पासवर्ड (Type a New Password) मा क्लिक (Click) गरी पासवर्ड (Password) राख्‍न सकिनेछ । (यहाँ प्रविष्ट गरीएको पासवर्ड नै भविष्यमा आवेदन पेश गर्न, आवेदनको अवस्था चेक गर्न तथा प्रवेशपत्र प्रिन्ट गर्न आवश्यक पर्ने छ ।)
४) यसरी प्राप्त गरेको Email address/Application ID र Password को प्रयोग गरी लग इन टु योर अकाउन्ट (Login to your Account) बाट उमेदवारले लग इन(Login) गरी दरखास्त फाराम भर्न सक्नेछन्।
दरखास्त फाराम भर्ने तरिका
१) Registration गरिसके पछि आफूले आवेदन दिन चाहेको विज्ञापनको दायाँ पट्टी रहेको “Apply” button मा Click गर्ने । र पोर्टलमा भर्नुपर्ने सबै व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समुह, शैक्षिक विवरण (विज्ञापनका लागि आवश्यक भएमा अनुभव र तालिमको विवरण समेत) भरी “शुल्क भुक्तानी” मा त्यहाँ उपलब्ध अप्सन मध्ये आफूले बुझाउन चाहेको कुनैमा क्लिक गरी शुल्क भुक्तान गर्ने । शुल्क-भुक्तानी पछि गर्ने भएमा सोहि पेजमा रहेको “शुल्क भुक्तानी पछि गर्छु” मा टिक गरी “Submit Application Form” मा क्लिक गर्ने ।
हरेक Tab/Page भरे पश्चात सो page को अन्तिम-दाँया (Right-Buttom) भागमा रहेको “Save and Next” button मा click गरी अर्को page मा जान सकिनेछ । एक पटक फाराम भर्न सुरू गरी, कारणवश बिचमै exit हुन परेमा समेत भरेका सबै Information/file सुरक्षित रहने र अर्को पटक सोहि Page बाट बाँकी फाराम भर्न सकिने ।
२) Page मा आवश्यक सबै विवरण उपलब्ध निर्देशन बमोजिम English तथा Nepali-Unicode मा भर्नुपर्नेछ तथा तोकिएको निर्देशन अनुसारकै document Upload गर्नुपर्नेछ । (डकुमेन्टहरू गलत स्थानमा अप्लोड गर्नु हुदैन ।)
दरखास्त फाराम भर्दा कुनै समस्या परेमा
– दरखास्त सम्बन्धि आवश्यक प्रश्न सोध्नु परेमा, आफ्नो login गरे पश्चात, portal को दायां-माथि (Top-Right) भागमा रहेको “Help & Support” मा Click गरी सोध्न सकिनेछ ।
थप कुनै समस्या भएमा राष्ट्रिय वाणिज्य बैंक, मानव संसाधन पदपूर्ति विभागमा सम्पर्क गर्न सकिन्छ : ०१-४२५२५९५, एक्स्टेन्सन ३५४८, ३५४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *