२०० भन्दा बढीको पदपूर्तिका लागि लोक सेवा आयोगको दरखास्त आव्हान

जीविको २०७८ कार्तिक २६ गते ६:५७

२०० भन्दा बढीको पदपूर्तिका लागि लोक सेवा आयोगको दरखास्त आव्हान

लोक सेवा आयोगले तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि  २०० भन्दा बढी खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दै छ । केही पदमा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने आयोगले जनाएको छ । आयोगले सिभिल, जनरल, हाइवे,  इरिगेशन, हाइड्रोपावर, कम्प्युटर इञ्जिनियरदेखि लिएर कम्प्युटर प्रोगामर, नापी अधिकृत, मत्स्य विकास अधिकृत, पशु विकास अधिकृत, विद्यालय निरीक्षक, वातावरण निरीक्षक, मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो। खुल्ला गरेका पदहरुका बारेमा थाहा पाउन लिङ्कमा गएर हेर्न हेर्नुहोस् : https://psc.gov.np/assets/uploads/files/open_.pdf

आवेदन दिने प्रक्रिया

दरखास्त दस्तुर- प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. १,०००।– (एक हजार) बुझाउनु पर्ने छ । एकै सेवा,समूह,उपसमूहको पदका समावेशी समूह तथा आ.प्र. तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह,आ.प्र. प्रत्येकका लागि रु. ४००।– (चार सय) थप दस्तुर बुझाउनु पर्नेछ ।

दरखास्त दिने अन्तिम मिति – २०७८/०८/१४, दोब्बर दस्तुर : २०७८/०८/२१ सम्म ।

उम्मेदवारको उमेर हद – निजामती सेवा तर्फका पदहरुको हकमा २०७८/०८/१४ सम्म २१ वर्ष उमेर पुरा भइ ३५ वर्ष ननाघेको, महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको ।

स्वास्थ्य सेवा तर्फका पदहरुको हकमा २०७८/०८/१४ सम्म २१ वर्ष उमेर पुरा भइ ४५ वर्ष ननाघेको ।  बहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

दरखास्त दस्तुर बुझाउने विधि र स्थान – आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म पेस गरेपछि view applied advertisement मा Click गरी आफूले Apply गरेको List मा रहेको “तिर्नुहोस्” Link मा Click गर्ने । त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Click Box मा Tick लगाउने । त्यसपछि देखिने राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आई.एम.ई. बैंक, एन.आइ.सी. एशिया बैंक, कुमारी बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात् अनलाइन वा बैंक भौचर मध्ये आफूले भुक्तानी गर्ने माध्यम (online वा बैंक भौचर) मध्ये कुनै एक विकल्प छनौट गरिसकेपछि दरखास्त दस्तुर बुझाउन सकिनेछ ।

दरखास्त दस्तुर बुझाउने अवधि – अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको भौचर सहित ढिलोमा दोब्बर दस्तुर तिरेर दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर,दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

आवश्यक कागजातहरु – उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPG Format मा अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयम् जवाफदेही हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *