वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? नि:शुल्क सीपमूलक तालिम सिकेर जानुहोस् ।

जीविको २०७८ कार्तिक २ गते ६:४५

सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जान चाहने पुरुष र महिलाका लागि ६ वटा छुट्टाछुट्टै विषयमा नि:शुल्क आवासिय सीपमूलक तालिम संचालन गर्दै छ । सामीका अनुसार यी तालिमहरु एक महिनाको हुनेछन् जसका लागि तालिम लिन र तालिम अवधिभर खान र बस्नका लागि कत्ति पनि शुल्क तिर्नुपर्दैन ।

कस्ता सिपमुलक तालिमहरु सिक्न पाइन्छ ?

पुरुषका लागि

  • फर्मा चलाऊने
  • स्काफोल्डिङ
  • प्लम्बर
  • ईन्डष्ट्रियल ईलेक्ट्रिसियन
  • डकर्मी

महिलाका लागि

  • गार्मेन्ट मेशिन अपरेटर

छनौटका लागि मापदण्ड

  • तालिमको प्रकृती (विषय अनुसार) छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । तोकिएको मापदण्ड पूरा गर्ने व्यक्तिले तालिम लिन पाउनेछ । ( मापदण्डका लागि यहाँ राखिएको चित्रको दायाँतर्फ हेर्नुहोस्)
  • तपाईंसँग पासपोर्ट र नागरिकता अनिवार्य हुनुपर्दछ ।
  • स्वास्थ्य-परीक्षण (मेडिकल) पास भएको हुनुपर्दछ ।
  • तालिम हुँदा लगाउने जुत्ता ‘सेफ्टी सुज’ (१५०० रुपैयासम्मको) आफैंले किन्नुपर्ने हुन्छ ।

कसरी आवेदन दिने ?

  • आफ्नो जिल्लामा (जिल्ला प्रशासन कार्यालय नजिकै) रहेको सूचना तथा परामर्श केन्द्र (MRC) गएर आवेदन फारम भर्ने र आवश्यक कागजातहरु बुझाउने ।
  • सूचना तथा परामर्श केन्द्र (MRC) जान सम्भव नभएको अवस्थामा ९८४०२४८०३४ (जुगराम चौधरी, सामी)मा सम्पर्क गरी आफूले लिन चाहेको तालिमको बारेमा बताउने । आवेदन फारम भर्नका लागि सामीले तपाईंलाई सहजिकरण गर्ने छ ।

कहिलेसम्म आवेदन दिने ?

  • आगामी कार्तिक २८ गतेबाट पहिलो चरणको तालिम सञ्चालन हुने भएकाले यथासक्य छिटो आवेदन बुझाउने ।
  • कति जनाले तालिम लिन पाउँछन ?
  • मापदण्ड पूरा गरेका सबैले तालिम लिन पाउँछन् तर हरेक तालिम सत्रमा बढिमा २० जनालाई मात्र राख्न सम्भव भएकाले आवेदकले आफ्नो पालो अनुसार तालिम लिन पाउनेछन् ।

एकभन्दा धेरै तालिम लिन सकिन्छ ?

  • सकिन्छ, तर एकैपटकमा एउटाभन्दा धेरै तालिम लिन सम्भव नभएकाले क्रमैसँग यस्ता तालिमहरु लिन सकिन्छ ।

तालिम संचालन हुने जिल्लाहरु :

  • काठमाडौँ, झापा, धनुषा

#opportunity #SaMi #jibiko

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *