निःशुल्क सामुदायिक कृषि सहायक तालिम, २० हजार रुपैयाँको सहयोग पनि

जीविको २०७९ जेठ १० गते ८:४४

टीकापुर बहुप्राविधिक शिक्षालय, कैलालीले २० जना कृषकको लागि ६५ दिने (३९० घण्टा) छोटो अवधिको सामुदायिक कृषि सहायक तालिम सञ्चालन गर्ने भएको छ । १६ वर्ष उमेर पुगेका र ४० वर्ष ननाघेकोले यस तालिममा सहभागी हुन पाउनेछन् । तालिमपश्चात शिक्षालयले उद्यम सञ्चालन गर्नका लागि  सहभागीहरूलाई २० हजार रुपैयाँ बराबरको कृषिजन्य सामाग्री उपलब्ध गराउने जनाएको छ ।

तालिममा सहभागी हुनका लागि  २०७९ जेठ १४ गतेसम्म आवेदन दर्ता गराउनुपर्ने छ । आवेदकहरूमध्येबाट अन्तर्वार्ता लिइ शिक्षालयले २० जना छनोट गरि जेठ १६ गतेबाट तालिम सञ्चालन गर्ने छ ।

हेर्नुहोस् सूचना

आवेदन दिँदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दलित, अपांग, अल्पसङ्ख्यक, विपन्न साथै जनजातिको हकमा आधिकारिक निकायको प्रमाणपत्रको प्रतिलिपि साथै कृषि सम्बन्धी कुनै संस्थामा काम गरेको खण्डमा उक्त संस्थाले दिएको प्रमाणपत्र पेस गर्नुपर्ने छ ।
“देशभरबाट आवेदन दिन सकिने प्रावधान छ । युवा मैत्री कृषि प्रवर्द्धन गर्ने उद्देश्यले यो तालिम कार्यक्रम सञ्चालन गरिएको हो,”  टीकापुर बहुप्राविधिक शिक्षालयका प्रमुख पारस खड्का भन्छन् ।

व्यवसायिक तथा मर्यादित कृषि प्रवर्द्धन गर्न टीकापुर बहुप्राविधिक शिक्षालयले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि यस किसिमका विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने उनले बताए ।

उनी भन्छन्, “कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएपनि यसलाई व्यवसायिक बनाउन सकिएको छैन । यस किसिमका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै गए नेपालको कृषि विकासमा सहयोग पुग्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *