२० हजारभन्दा बढीलाई निःशुल्क सीप तालिम (सजिलो आवेदन प्रक्रिया)

जीविको २०८२ वैशाख ८ गते २२:२९

धेरैलाई लाग्छ सीपमूलक तालिमहरू लिन त ठूलो खर्च लाग्छ होला, पढाइ पनि राम्रै हुनुपर्ला। तर नेपालमै विभिन्न निकायहरू सरकारदेखि गैर सरकारी संस्थासम्मले निःशुल्क सीपमूलक तालिमहरू दिइरहेका छन्। त्यस्तै एक महत्वपूर्ण कार्यक्रम हो वैदेशिक रोजगार बोर्डले सञ्चालन गरिरहेको सीप तालिम। यो कुनै सीमित ठाउँका लागि होइन, देशभरका युवाहरूलाई लक्षित गरेर ल्याइएको अभियान हो।

अब ठूलो खर्च र कुनै विशिष्ट व्यक्तिको सिफारिसको भरमा मात्र सीप सिक्नुपर्ने बाध्यता छैन। वैदेशिक रोजगार बोर्डले २० हजारभन्दा बढी युवाहरूका लागि निःशुल्क सीप तालिमको अवसर ल्याएको छ। विभिन्न १५ प्रकारका सीप सिक्नका लागि तपाईंले आफ्नै स्थानिय तहबाट नै आवेदन दिन सक्नुहुन्छ ।

हेर्नुहोस्, आधिकारिक व्यक्तिसँगको कुराकानी र आवेदन प्रक्रिया

यी तालिमहरु पूर्ण रूपमा निःशुल्क हुन्छ र आवश्यक तालिम सामाग्रीको व्यवस्थासमेत बोर्डले गर्नेछ । केही तालिममा आवासीय सुविधा समेत प्रदान गरिन्छ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका प्रशिक्षण अध्ययन तथा अनुसन्धान शाखाका शाखा अधिकृत संजय अधिकारीलाई भेटेर यसबारे सम्पूर्ण जानकारी लिएका छौं ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका प्रशिक्षण अध्ययन तथा अनुसन्धान शाखाका शाखा अधिकृत संजय अधिकारी

वैदेशिक रोजगार बोर्डका अधिकारी भन्छन्, “गत साल बोर्डले झण्डै ७ हजार प्रशिक्षार्थीलाई तालिम दियो, यो पटक सङ्ख्या २० हजार भन्दा बढी हुनेछ,” उनी थप्छन्, “बोर्डले दिने तालिममा कुनै पनि खर्च लाग्दैन सबै निःशुल्क हुन्छ, निर्धक्क आवेदन दिए हुन्छ ”

१५ विधा २० हजार बढीलाई सीप सिक्ने अवसर
१५ वटा विभिन्न विधा जसमा अटो मेकानिक्स, मोटरसाइकल मर्मत, वायरिङ, प्लम्बिङ, सटरिङ, स्काफ फोल्डिङ, हाउस पेन्टिङ, इलेक्ट्रिसियन, सिलाइकटाइ, ब्युटिसियन, फर्निचर मिस्त्री, फुड प्रोसेसिङ, बेकरी, र कुकिङ छन्। बोर्डले २० हजार ८० जनालाई पूर्ण रूपमा निःशुल्क तालिम दिने योजना अघि सारेको छ।

यस किसिमका तालिममा आवश्यक तालिम सामाग्री, उपकरण, अभ्यासका लागि अवसर सबै समेटिएको छ। कतिपय तालिममा त प्रशिक्षार्थीलाई आवासिय सुविधा पनि दिइन्छ ।
सीप सिक्न भनेर टाढा कतै धाउन जरुरी छैन। तपाईंकै आफ्नै गाउँपालिका नगरपालिकामा सूचना मागेर बुझ्ने हो। फारम भर्ने हो। आफ्नो पालिकामा रहेका रोजगार संयोजकलाई भेटेर आफूले सिक्न चाहेको तालिमका बारेमा बुझ्नुहोस् र आवेदन दिनुहोस्।

आधिकारिक सूचना हेर्न वा डाउनलोड गर्न यो लिंकमा थिच्नुहोस्। LINK

त्यहाँ तपाईँले रातो अक्षरमा लेखिएको तालिम अनुगमन तथा सहजीकरण गरी दिने बारे देख्न सक्नुहुन्छ । त्यसलाई क्लिक गर्नुहोस् र २५ पृष्ठ रहेको आधिकारिक सूचना डाउनलोड हुनेछ।

यहाँ स्थानीय तहहरूमा सञ्चालन भइरहेका सीप तालिमहरूको विस्तृत जानकारी रहेको छ । यो जानकारी अल्फाबेटिक अर्डर (A–Z) मा जिल्लाको नाम अनुसार क्रमबद्ध गरिएको छ, र प्रत्येक जिल्लाभित्र रहेका गाउँपालिका तथा नगरपालिका अन्तर्गत कुन–कुन तालिम सञ्चालन भइरहेका छन् भन्ने विवरण समेटिएको छ।

सूची पढ्नुहोस् र तपाईँले आफ्नो जिल्लामा रहेका स्थानीय तहहरूमा कस्ता सीप तालिम उपलब्ध छन् भन्ने सजिलै थाहा पाउन सक्नुहुन्छ।

उदाहरणका लागि, यदि तपाईं अर्घाखाँची जिल्लाबाट हुनुहुन्छ भने, ‘A’ अक्षरबाट सुरु हुने जिल्लाहरूको सूचीमा अर्घाखाँची जिल्ला खोज्न सक्नुहुन्छ। त्यसपछि, अर्घाखाँची अन्तर्गत रहेका गाउँपालिका र नगरपालिका भित्र कुन–कुन सीप तालिम सञ्चालनमा छन् भन्ने विस्तृत विवरण तपाईंले त्यहीँ पाउन सक्नुहुन्छ। आफ्नै स्थानीय तहबाट आवेदन प्रक्रिया पूरा गरेर निःशुल्क तालिममा भाग लिन सक्नुहुन्छ।

तपाईंले आवेदन प्रक्रिया सजिलै सुरु गर्न सक्नुहुन्छ र थप जानकारीका लागि तपाईँको आफ्नो स्थानीय तहमा रहेका रोजगार संयोजकलाई सम्पर्क राख्न सक्नुहुन्छ।

हेर्नुहोस्, आधिकारिक व्यक्तिसँगको कुराकानी र आवेदन प्रक्रिया

निःशुल्क सीप सम्बन्धी थप कुरा बुझ्नका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले सञ्चालन गरेको श्रमाधानको निःशुल्क सम्पर्क नम्बर ११४१ वा ९७६४६४०३०२ मा फोन गर्न सकिन्छ ।

प्रतिक्रिया

One thought on “२० हजारभन्दा बढीलाई निःशुल्क सीप तालिम (सजिलो आवेदन प्रक्रिया)

Leave a Reply to Raj kumar Cancel reply

Your email address will not be published. Required fields are marked *