स्रोत: नेपाल राष्ट्र बैंक
असी भन्दा बढी पदका लागि नेपाल राष्ट्र बैंकले माग्यो आवेदन
नेपाल राष्ट्र बैंकले सहायक निर्देशकको विभिन्न तहमा ८० भन्दा बढी पदका लागि खुल्लासँगै समावेशी प्रतिस्पर्धाको आवेदन आव्हान गरेको छ ।
अनलाइन प्रणालीबाट दरखास्त दिनुपर्ने हुँदा बैंकको आफ्नै वेबसाइटबाट फारम भर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । विभिन्न पदका लागि सोहीअनुसारको योग्यता (पद र न्यूनतम योग्यताका लागि हेर्नुहोस् तल राखिएको बैंकको बिज्ञापन) राष्ट्र बैंकले तोकेको छ ।

पुष १५ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर पुष २२ गतेसम्म दरखास्त फाराम भर्न सक्ने बैंकलेले सूचनामा जनाएको छ । दस्तुर नगदमा बुझाउने व्यवस्था नभएकोले अनलाइन माध्यम इ-सेवा (E-sewa), कनेक्ट आईपीएस ( Connect IPS) वा खल्ती ( Khalti) मार्फत बुझाउनु पर्ने बैंकले जनाएको छ ।
सबैभन्दा बढी ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय ) पदका लागि बैंकले माग गरेको छ । त्यस्तै, २५ जना सहायक ( अधिकृत द्वितीय ), ६ जना सहायक निर्देशक (अधिकृत तृतीय) लेखा \ लेखा परिक्षण , ५ जना सहायक निर्देशक (अधिकृत तृतीय) सूचना प्रविधि र २ जना सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानुन माग गरिएको छ ।
नेपालको केन्द्रिय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकको जागिर तलब, सेवा तथा सुविधाको दृष्टिकोणले आम जनमानसमा ‘आकर्षक करियर’का रुपमा रहेको छ । नेपाल राष्ट्र बैंकको परीक्षालाई केन्द्रित गरेर काठमाडौं लगायत देशैभरी विभिन्न तयारी कक्षाहरु सन्चालन हुने गरेका छन् । ट्युसन सेन्टरले अहिले ३ महिने तयारी कक्षाको १३ हजारदेखि १८ हजारसम्म लिने गरेका छन् ।
दरखास्त फाराम भर्दा कुनै समस्या परेमा ०१४४१९८०४, ०१४४१९८०५, ०१४४१९८०६, ०१४४१९८०७ वा ०१४४४१०३६ मा सम्पर्क गरी बुझ्न सकिन्छ भने [email protected] मा इमेल गरी आफ्नो जिज्ञासा राख्न सकिन्छ। आवेदन सम्बन्धी थप जानकारी www.nrb.org.np मा हेर्न सकिन्छ ।
