असी भन्दा बढी पदका लागि नेपाल राष्ट्र बैंकले माग्यो आवेदन स्रोत: नेपाल राष्ट्र बैंक

जीविको २०७८ पुष १ गते १८:२९

नेपाल राष्ट्र बैंकले सहायक निर्देशकको विभिन्न तहमा ८० भन्दा बढी पदका लागि खुल्लासँगै समावेशी प्रतिस्पर्धाको आवेदन आव्हान गरेको छ ।

अनलाइन प्रणालीबाट दरखास्त दिनुपर्ने हुँदा बैंकको आफ्नै वेबसाइटबाट फारम भर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । विभिन्न पदका लागि सोहीअनुसारको योग्यता (पद र न्यूनतम योग्यताका लागि हेर्नुहोस् तल राखिएको बैंकको बिज्ञापन) राष्ट्र बैंकले तोकेको छ । 

पुष १५ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर पुष २२ गतेसम्म दरखास्त फाराम भर्न सक्ने बैंकलेले सूचनामा जनाएको छ । दस्तुर नगदमा बुझाउने व्यवस्था नभएकोले अनलाइन माध्यम इ-सेवा (E-sewa), कनेक्ट आईपीएस ( Connect IPS) वा खल्ती ( Khalti) मार्फत बुझाउनु पर्ने बैंकले जनाएको छ ।

सबैभन्दा बढी ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय ) पदका लागि बैंकले माग गरेको छ । त्यस्तै, २५ जना सहायक ( अधिकृत द्वितीय ), ६ जना सहायक निर्देशक (अधिकृत तृतीय) लेखा \ लेखा परिक्षण , ५ जना सहायक निर्देशक (अधिकृत तृतीय) सूचना प्रविधि र २ जना सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानुन माग गरिएको छ ।

नेपालको केन्द्रिय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकको जागिर तलब, सेवा तथा सुविधाको दृष्टिकोणले आम जनमानसमा ‘आकर्षक करियर’का रुपमा रहेको छ । नेपाल राष्ट्र बैंकको परीक्षालाई केन्द्रित गरेर काठमाडौं लगायत देशैभरी विभिन्न तयारी कक्षाहरु सन्चालन हुने गरेका छन् । ट्युसन सेन्टरले अहिले ३ महिने तयारी कक्षाको १३ हजारदेखि १८ हजारसम्म लिने गरेका छन् ।

दरखास्त फाराम भर्दा कुनै समस्या परेमा ०१४४१९८०४, ०१४४१९८०५, ०१४४१९८०६, ०१४४१९८०७ वा ०१४४४१०३६ मा सम्पर्क गरी बुझ्न सकिन्छ भने [email protected] मा इमेल गरी आफ्नो जिज्ञासा राख्न सकिन्छ। आवेदन सम्बन्धी थप जानकारी www.nrb.org.np  मा हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *