श्रमसंसार पोर्टल: कोशीमा बेरोजगार हुनुहुन्छ? यहाँ खोज्नुहोस् जागिर!

जीविको २०८२ जेठ ७ गते ११:१०

जागिरको खोजीमा हुनुहुन्छ वा दक्ष कर्मचारीको पर्खाइमा? अब रोजगारी खोजिरहेका र रोजगारदाता एउटै डिजिटल मञ्चमा भेटिन्छन्! कोशी प्रदेश सरकारको श्रम संसार पोर्टलले रोजगारी, सीप तालिम, र उद्यमशीलताका अवसरहरूलाई एक क्लिकमै भेट्ने वातावरण बनेको छ। श्रम संसार, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित श्रम बजार सूचना प्रणाली हो। कोशीले https://shramsansar.koshi.gov.np/ नामको वेबसाइट नै सुरुवात गरेको छ। यो प्रणालीले स्थानीय सरकार, रोजगारी खोज्ने युवा, रोजगारदाता, तालिम प्रदायक, र रोजगार सहायता सेवा प्रदायकहरूलाई एकैठाउँमा भेट्न सकिन्छ। यो पोर्टलको मुख्य उद्देश्य हो रोजगारी खोज्ने र रोजगारदातालाई जोड्नु। बेरोजगार युवाहरूलाई उनीहरूको सीप, रुचि, र योग्यताअनुसार रोजगारीका अवसरहरू खोज्ने सुविधा प्रदान गर्नुका साथै रोजगारदातालाई आवश्यक जनशक्ति सहजै भेट्टाउने अवसर यो पोर्टलले दिन्छ। तालिम प्रदायक र परामर्श सेवा प्रदायकहरूले पनि आफ्ना सेवाहरू दर्ता गरी व्यापक दायरामा पुर्‍याउन सक्छन्। त्यसो त कोशी प्रदेशको रोजगारीदर नेपालकै उच्च हो यहाँ बसोबास गर्ने ५.५ प्रतिशत जनसङ्ख्या मात्र कुनैपनि प्रकारको रोजगारीमा संलग्न छैनन्, कोशीले चालेको यो कदमले यहाँ रहेको सीमित बेरोजगारी दरलाई न्यूनिकरण गर्नसमेत सहयोग पुग्ने देखिन्छ । 

विशेषगरी, विराटनगर-इटहरी आर्थिक करिडोरमा दक्ष जनशक्तिको माग उच्च छ, तर जानकारीको अभावले अवसरहरू छुट्ने गरेका छन्। श्रम संसारले यो खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आंकलन गरिएको छ । 

कसरी खोज्ने जागिर ? यस्तो छ प्रक्रिया । 

पहिलो: वेबसाइट https://shramsansar.koshi.gov.np/ वा Shramsansar एपमा लगइन गर्नुहोस्।
दोस्रो: “दर्ता” मा क्लिक गरी “रोजगार खोज्ने” छनोट गर्नुहोस्।
तेस्रो: नाम, ठेगाना, सम्पर्क, शैक्षिक योग्यता (+2, BBA/BBS आदि), अनुभव, र कागजात (नागरिकता, प्रमाणपत्र) अपलोड गरी खाता बनाउनुहोस्।
चौथो: “Job Details” मा गएर रोजगारी खोज्नुहोस्, फिल्टर प्रयोग गर्नुहोस्, र योग्यता पढेर “Apply Now” मा क्लिक गरी फारम भर्नुहोस्।
पाँचौँ: CV, कभर लेटर अपलोड गरी फारम सबमिट गर्नुहोस्।
छैटौँ: ड्यासबोर्डमा आवेदन स्थिति जाँच गर्नुहोस् र इमेल/एसएमएस फलोअप गर्नुहोस्। 

यदि रोजगारदाता हुनुहुन्छ भने 

पहिलो: वेबसाइट https://shramsansar.koshi.gov.np/ वा एपमा लगइन गर्नुहोस्।
दोस्रो: “दर्ता” मा क्लिक गरी “रोजगारदाता” वा “रोजगार सेवा प्रदायक” छनोट गर्नुहोस्।
तेस्रो: कम्पनीको नाम, ठेगाना, सम्पर्क, दर्ता प्रमाणपत्र, PAN/VAT, र जागिर विवरण (+2, BBA/BBS आदि) भरेर खाता बनाउनुहोस्।
चौथो: ड्यासबोर्डमा लगइन गरी “Post a Job” मा जागिरको विवरण (शीर्षक, योग्यता, मिति) थपेर सबमिट गर्नुहोस्।
पाँचौँ: प्राप्त आवेदनहरू जाँच गर्नुहोस्, उम्मेदवार छनोट गरी सूचित गर्नुहोस्, र अभिलेख अपडेट गर्नुहोस्।
छैटौँ: जागिर स्थिति अपडेट गर्नुहोस्। 

थप जानकारीका लागि समस्याको लागि सम्पर्क: 9852025848 वा [email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *