१८ देखि ४० वर्ष उमेर लक्षित निःशुल्क सीपमुलक तालिम

जीविको २०८० माघ ११ गते १८:३३

यदी तपाईं मधेश प्रदेशको बासिन्दा हुनुहुन्छ भने यो अवसर तपाईंका लागि । मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, जनकपुरधाम, धनुषाले प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचना प्रकाशित गर्दै ५४० जनालाई विभिन्न १० विषयमा निःशूल्क सिपमुलक तालिमका लागि आवेदन खुलाएको हो ।

१८ देखि ४० वर्ष उमेरका युवालाई लक्षित गर्दै खोलिएको यस अवसरका लागि आगामी माघ २१ गतेभित्र आवेदन बुझाई सक्नुपर्ने हुन्छ । प्लम्बर, मोटरसाइकल मर्मत , मोबाइल मर्मत, जनरल मेकानिक्स, वेल्डर, कम्प्युटर, हाउसवायरिङ, मन्टेस्वरी, ब्युटी पार्लर, र सिलाई कटाई तालिम सिक्नका लागि आवेदन बुझाउन सकिन्छ ।

सूचनामा भनिएको छ; प्रशिक्षार्थीहरुले आवेदन फाराम भर्न नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपिको साथमा केन्द्रबाट नि:शुल्क प्राप्त हुने आबेदन फाराम भरी मिति २०८०|१०|२१ गते भित्र बुझाउनु पर्नेछ साथै तालिम केन्द्र बाहेक अन्य तोकिएको स्थानमा सम्पर्क व्यक्तिसँग सम्पर्क गरी उल्लेखित कागजात सहित २०८० | १० | २१ गते भित्र आवेदन दिन सकिनेछ ।

आबेदन फाराम तालिम केन्द्रको वेवसाईटबाट डाउनलोड गर्न सकिन्छ ।

थप जानकारीका लागि हेर्नुहोस् सूचना:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *