रोजगारीको अवसर : नेपाली सेनामा १ सय २५ कर्मचारीको माग 

जीविको २०८० पुष ३ गते १६:२५

नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा लागि ‍ १ सय २५ कर्मचारी मागेको छ ।

मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको सेनाको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् । 

आवेदन  पुष २८ गतेसम्म दिनुपर्नेछ ।  आवेदन www.nepalarmy.mil.np मा गएर JOIN NEPALI ARMY भित्र Recruitment & Selection मा गई “Apply Online” मा Click गरि दिन सकिनेछ । आवेदनसँगै नेपाली नागरिकताको विवरण, व्यक्तिगत विवरण, शैक्षिक विवरण, पारिवारिक विवरण बुझाउनुपर्ने नेपाली सेनाले जनाएको छ । 

सूचनाका लागि : गोरखापत्र २०८० मङ्सिर २९ पृष्ठ ११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *