 
 
					
				रोजगारीको अवसर : नेपाली सेनामा १ सय २५ कर्मचारीको माग
 
										
											
												जीविको											
											२०८० पुष  ३ गते १६:२५										
									नेपाली सेनाले मेडिकल, हवाई सेवालगायत प्राविधिक सेवामा लागि  १ सय २५ कर्मचारी मागेको छ ।
मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको सेनाको प्रकाशित सूचनामा उल्लेख गरिएको छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन पुष २८ गतेसम्म दिनुपर्नेछ । आवेदन www.nepalarmy.mil.np मा गएर JOIN NEPALI ARMY भित्र Recruitment & Selection मा गई “Apply Online” मा Click गरि दिन सकिनेछ । आवेदनसँगै नेपाली नागरिकताको विवरण, व्यक्तिगत विवरण, शैक्षिक विवरण, पारिवारिक विवरण बुझाउनुपर्ने नेपाली सेनाले जनाएको छ ।
सूचनाका लागि : गोरखापत्र २०८० मङ्सिर २९ पृष्ठ ११
 
										
											
												जीविको											
											२०८० पुष  ३ गते १६:२५										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				
 
				 
 									 
 									 
 									 
 									 
 									 
 									 
 									