६ सय बढी स्थायी कर्मचारीको माग, यस्तो छ आवेदन दिने प्रक्रिया

जीविको २०८० मंसिर १७ गते १४:५९

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा ६ सय कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आयोगले दरखास्त आह्वान गरेको हो।

आयोगले अस्सिटेन्ट सब इन्जिनियर, अमीन, कृषि प्राविधिक सहायक, अनमी, अहेब साथै अप्राविधिक तर्फ प्रशासन सहायक, लेखा सहायक जस्ता पदहरुमा दरखास्त खुलाएको छ ।  आवेदन दिने अन्तिम मिति पुस ३ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस २० सम्म पनि आवेदन दिन सकिनेछ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपांग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाहरु साथै स्वास्थ्य सेवा तर्फ १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।  दरखास्त दस्तुर पाँच सय र समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले थप समूहको १ सय ५०  बुझाउनुपर्नेछ ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सिर्जित बैङ्क भौचर (Master ID र कारोबार सङ्केत नम्बर उल्लेख भएको) प्रिन्ट गरी तोकिएको बैंकबाट नगद बुझाउन सकिनेछ।

थप जानकारीका लागि : ०६१-४६७८७३

सूचनाका लागि : गोरखापत्र २०८० मङ्सिर १२ बुधबार, पृष्ठ १०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *