रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

जीविको २०८० मंसिर १० गते १९:१४

नेपाली सेनाले विभिन्न पदमा एकैपटक ३ हजार ४ सय बढी कर्मचारी माग गरेको छ ।  सेनाले जवान पददेखि सफाईकर्मीसम्मका लागि आवेदन मागेको हो ।

सैन्य पदमा ३ हजार र सूचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान भएको छ ।

आवेदन आगामी पुस ७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भने पुस १४ गतेसम्म दरखास्त दिन सकिने छ। आवेदन फारम नेपाली सेनाको वेबसाइट https://www.nepalarmy.mil.np/ बाट डाउनलोड गरि भर्न सकिनेछ ।  उम्मेद्वार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा उल्लेख छ।

सैन्य पदका लागि न्यूनतम D+ ग्रेड ल्याई आठ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ भने अन्य ट्रेड फलोवर्स (सफाईकर्मी, कपाल काट्ने, चर्मकर्मी) जस्ता पदका उम्मेद्वारको हकमा साधरण लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

५० केजी न्यूनतम शारिरक तौल, ५ फिट ३ इन्च न्यूनतम उचाई रहेका र छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च भएका उम्मेद्वारहरुले आवेदन दिन सक्नेछन् । ट्रेड फलोवर्स पदका लागि भने ५ फिट २ इन्च उचाई, ५० केजी न्यूनतम तौल र छाती नफुलाउँदा ३० इन्च र फुलाउँदा ३२ इन्च हुनेहरुले आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *