रोजगारीको अवसर : कक्षा १२ उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने

जीविको २०८० कार्तिक २४ गते १५:३५

कक्षा १२ उत्तीर्ण गरेका देखी सर्जनसम्मले आवेदन दिन मिल्ने गरि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले विभिन्न पदहरुमा कर्माचारीको माग गरेको छ । 

कक्षा १२ उत्तीर्ण गरेकाले प्रशासन साहयक देखी कार्डियाक सर्जरीमा स्नातकोत्तर गर्नेहरुले बरिष्ठ कार्डियाक सर्जन पदका लागि आवेदन दिन सक्नेछन् । 

केन्द्रले कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको प्रकाशित सूचनामा उल्लेख गरिएको छ

केन्द्रले ३८ कर्मचारी बढुवाका लागि, आन्तरिक प्रतियोगिता मार्फत ८ साथै ५७ जना खुला परीक्षामार्फत् कर्मचारी माग गरेको हो । 

दरखास्त आवेदन मंसिर १४ गतेसम्म दिन सकिनेछ । आवेदन केन्द्रको वेवसाइट https://www.sgnhc.org.np/ मा गएर अनलाइन प्रकृया मार्फत् दिन सकिनेछ ।दरखास्त शुल्क पदअनुसार सर्जनका लागि १ हजार २५० देखि सहायक स्तरका पदहरुका लागि ४५० रूपैयाँसम्म निर्धारण गरिएको छ।

पूरा सूचनाका लागि : गोरखापत्र २०८० कार्तिक २४ पृष्ठ १३

त्यस्तै

नेपाल विद्युत प्राधिकरणले  सहनिर्देशकदेखि प्राविधिकसम्म ३ सय बढी कर्मचारीको माग गरेको छ ।

प्राधिकरणले प्रशासनतर्फ सहनिर्देशक, प्राविधिकतर्फ प्रवन्धकदेखि सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो । 

दरखास्त आवेदन अनलाइनमार्फत प्राधिकरणको वेवसाइट https://www.nea.org.np/ मा गई मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ  । दोब्बर दस्तुर तिरेर भने मङ्सिर २१ गतेसम्म आवेदन दिन सकिने छ । 

पूरा सूचनाका लागि : गोरखापत्र २०८० कार्तिक २४ पृष्ठ १०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *