एक हजार बढी स्थायी कर्मचारीको माग, यस्तो छ आवेदन दिने प्रकृया

जीविको २०८० कार्तिक २१ गते १२:१४

गण्डकी प्रदेश लोक सेवा आयोगले अधिकृत सातौं र सहायक पाचौं तहको प्राविधिक र अप्राविधिक तर्फ विभिन्न पदहरुमा १ हजार बढी कर्मचारी मागेको छ । आयोगले केही तहमा आन्तरिक बढुवा साथै केहीमा नयाँ भर्ना तयारी गर्न लागेको हो । 

आयोगले प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव-इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू-संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन जस्ता पदहरुमा विज्ञापन खुलाएको हो

तोकिएको न्युनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दर्खास्त प्रणाली http://onlineppsc.gandaki.gov.np मार्फत आवेदन २०८० मंसिर ५ गतेसम्म दिनसकिनेछ भने  दोब्बर दस्तुर तिरेर मङ्सिर १२ गते सम्म दर्खास्त दिन सकिने छ।

आवेदन दस्तुर 

अधिकृत सातौँ तहका लागि आवेदन दस्तुर १ हजार २ सय रुपैयाँ लाग्नेछ भने समावेशी तर्फ आवेदन दिँदा थप ४ सय साथै सहायक पाँचौँ तहका लागि ७ सय रुपैयाँ साथै समावेशी तर्फ थप २ सय रुपैयाँ लाग्नेछ। 

हेर्नुहोस् सूचना:

पूर्ण सूचनाका लागि हेर्नुहोस् :  गोरखापत्र २०८० कार्तिक १५ गते पृष्ठ ७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *